प्रधानन्यायाधीशमा साह सिफारिस

२०७१ भाद्र २७ गते, शुक्रबार

काठमाडौ, २७ भदौ । आज बिहान बसेको संबैधानिक परिषदको बैठकले प्रधानन्यायाधीश पदको लागि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश रामकुमारप्रसाद साहको नाम सिफारिस गरेको छ । प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माको पदावधी असोज २३ गते सकिदैछ । २०७१ वैसाख १ मा प्रधानन्यायाधीश भएका शर्मा ६५ वर्ष उमेर पूरा गरी अनिवार्य अवकास पाउँदैछन् । आयोगले सिफारिस गरेको नाम संसदीय सुुनवाईपछि राष्ट्रपतिले अनुमोदन गर्नेछन् ।
परिषदको सिफारिसमाथि संसदीय समितिबाट सुनुवाइ गरी नियुक्ति गर्न कम्तीमा तीन साताको समय लाग्छ । २००७ को असार २४ मा जन्मेका शाह उमेरका कारण ९ महिनाभन्दा कम प्रधानन्यायाधीश हुनेछन् । मुलुकमा प्रधानन्यायाधीशमा सर्वोच्चका वरिष्ठ न्यायाधीशलाई सिफारिस गर्ने स्थापित लामो परम्परा छ ।
अन्य संबैधानिक निकाय मानव अधिकार आयोग, लोकसेवा आयोग र अख्तियारमा पदाधिकारी नियुक्तीको सिफारिस गर्नको लागि आयोगको बैठक सोमबार बस्ने भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]