कोरोनरी मुटुरोगमा जीवनशैली परिवर्तन
डा. हेमराज कोइराला
मुटुरोगको एक करोड सतहत्तर लाख मानिसहरु प्रत्येक वर्ष मारिन्छन । अप्रत्यासित रूपमा अपर्भmट देखापर्ने र तत्काल आवश्यक व्यवस्थापन हुननसके ज्यानै पानी जान सक्ने यो समस्या आकस्मात देखापर्ने भएपनि यसको पछाडि लामो सिलसिला जोडिएको हुन्छ । विशेषतः कोरनरी धमिनीभित्रै आफै रगत जम्नुको पछाडि धमिनीका भित्ताहरुमा लामो समयदेखि कोलेष्टेरेल क्याल्सियम र मृत्तकोषहरु जम्मा भएर धमनी साँघु¥याउने, अथेरोस्केलेरोमिस भन्ने रोग जिम्मेवार छ । उपरोक्त पदार्थहरु जम्मा भएर धमिनी सागुरिएको ठाउँमा धमिनीले आफ्नो लचकता गुमाउछ र तन्तुहरु लाई रगतको माग ज्यादा भएको अवस्थामा फैलिएर अतिरित्त रगत आपूर्ति गर्न सक्दैन । यसो हुँदा साघुरिएको ठाउँमा नसाको भित्रि पत्र जसलाई इन्टिमल लेयर भनिन्छ च्यातिन पुग्छ र रगत क्याल्सियम र कोलेष्टेरोल वनाएको खस्रो सतहको सम्पर्कमा आइ नसाभित्रै जम्न पुग्छ फलतः जमेको रगतको थेग्लाले पुरै धमिनीलाई थुनिदिन्छ र थुनिएको भाग भन्दा अगाडि धमिनीले आपूर्ति गरेको हृदयतन्तहुरु अक्सिजन र पोषक तत्वको अभावमा मर्न जान्छन् । यसरी हृदयतन्तुहरु मर्न जादा मुटुले रगत पम्प गर्न सक्दैन । साथै अन्य संवेदनशिल अगंहरुमा पनि रक्त आपूर्ति हनु नसक्दा व्यक्तिको मृत्यु हुन जान्छ । अधिकतर हृदयघात मुटुलाई ज्यादा दवाव पर्ने अवस्थाहरु जस्तै चिल्लो खाना पेटभरी खाएको, रिसाएको, दुःखी भएको, तनावमा परेको, विहानको समयमा, खाना खाएर सुतेको अवस्थामा र एन्जियो प्लाष्टि वा अन्य हृदयका शल्यक्रिया गर्दा गर्दै हुने गर्दछ ।
हृदयघातका जोखिमहरु
हृदयघातका जोखिमहरुलाई उल्ट्याउन सकिने र उल्ट्याउन नसकिने गरेर दुई समूहमा विभक्त गरिएको छ । उल्ट्याउन सकिने जोखिमहरुको मूख्य कारण भनेको अव्यवस्थित जीवनशैली हो । अव्यवस्थित जीवनशैलीकै कारण ७५ प्रतिशत मुटुरोग र ९० प्रतिशत हृदयघात सम्वन्धि मुटुरोग लाग्ने कुरा विभिन्न अनुसन्धानबाट प्रमाणित भइसकेको छ । उल्ट्याउन सकिने जोखिमहरुमा मानसिक तनाव, चिन्ता, भय र उदाशिनता, उच्चरक्त, कोलेष्टेरोल, ट्राइगिलिस्राइड, एलडिएल र निम्नरक्त एचडिएल, कम एन्टिअसिडेन्ट भएको खाना, उच्चरक्तचाप, मधुमेह, मोटोपन, व्यायम र श्रमको कमी र धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन, खानामा रेसा र चोकरहरुको कमी र टायप ए व्यक्तित्व आदि हुन । उल्ट्याउन नसकिने जोखिमहरुमा उमेर लिंग र अनुवंशीक प्रभावहरु पर्दछन् । तर, आज हृदयघातको विरक्त लाग्दो तथ्यांक वृद्धिमा उल्ट्याउन नसकिने भन्दा उल्ट्याउन सकिने जोखिमहरुको मुख्य योगदान छ । विज्ञहरु भन्छन् कम उमेरमा भइरहेको हृदयघातको उत्प्रेरक भनेकै हाम्रो अप्राकृतिक जीवनशैली (भोजन, व्यायम, विश्राम, विचार र व्यवहारको अव्यवस्थापन) हो । मानव र प्रकृति बिचको बढ्दो दुरी, वातावरणीय प्रदूषण, मानसिक तनाव, गरिष्ठ भोजन, श्रम र व्यायमबाट पन्छिने अल्छि बानी आफ्ना हठ अडान र निर्णयप्रति अडिग रहने हठी व्यक्तित्व, शरीरको आवाज (आहार निन्द्रा, भय मैथुन) जस्ता प्राकृतिक चाहनाहरुको उचित व्यवस्थापन गर्न नसक्नु जस्ता जीवनशैलीसँग सम्वन्धित कारकतत्वहरु हृदयघातलगायत अन्य मुटुरोगहरुको मुख्य कारक हुन् ।
जीवनशैली परिवर्तन
जीवनशैली परिवर्तन गरेर हृदय रोग र हृदयघातको जोखिमलाई कम गर्न सकिन्छ भनि वैज्ञानिक तथ्य र आधारहरु सहित हृदयरोगको सफल उपचार गर्ने पहिलो व्यक्ति अमेरिकी चिकित्सक डा. डिनअर्निश हुन् । जीवनशैली परिवर्तन भनेको भोजन, व्यायम, विश्राम, विचार र व्यवहारको हृदयमैत्री हुनेगरी ठीक समायोजन गर्नु हो ।
भोजन व्यावस्थापन
मुटुरोग तथा हृदयघातबाट बच्नका लागि भोजन व्यवस्थापनको ठूलो महत्व छ । भोजनकोमात्रा भोज्यपदार्थहरुको छनौट व्यक्तिको प्रकृति, विकृति (रोग), बल, वय (उमेर), सत्व (मानसिकता) आदिको आधरमा हुन अति आवश्यक छ । कार्वोहाइडेड, प्रोटिन, भिटामिन, लिपिड, पानी, रेशा, एण्टि अक्सिडेण्ट र खनिज तथा लवणहरुको उचित मात्राले यूक्त क्षेत्रीय र मौसमी खाद्यन्नहरु मुटुरोगका लागि राम्रो मानिन्छ । चामल, गहु, मकै, आलु, पिडालु, सुठूनी, चिनी, आटा आदिबाट कार्वोहाइडेड प्राप्त हुन्छ । घिउ, तेल र तेलीय खाद्यबाट लिपिड प्राप्त हुन्छ । माछामासु र गेडागुडी प्रोटिनको श्रोत हुन भने फलपूmल, मौसमी तरकारी, हरिया सागसव्जी, कलेजो, अण्डा र रातो मासु भिटामिनको श्रोत हुन् ।
१.घिउ, तेल, नौनी, छाली, वटर र वोसो जस्ता जंगम श्रोतबाट पाइने चिल्लो पदार्थहरुको सेवन गर्नु हुँदैन । खाना पकाउन अत्यन्त कम वनस्पती तेलहरुको उपयोग गर्नुपर्छ । शुद्धतोरी वा सूर्यमुखीको तेल अन्य भन्दा उत्तम छन् ।
२.मुटुरोगीले पूर्ण शाकाहारी हुन जरुरी छ । माछामासुमा पाइने वोसोले कोलेष्टेरोल बढाउन मद्दत गर्छ । माछामासु छाड्न नसक्नेले खसी, राँगा, वंगुर जस्ता ठूला जनावारका मासु छाडेर माछा वा लोकल कुखुराको मासु तेल नहाली उसिनेर १५ दिनमा एकपल्ट, थोरै मात्रामा खान सक्छन् ।
३.नदेखिने चिल्लो पदार्थका श्रोतहरु, बदाम, काजु, मुङ्फली, नरिवल जस्ता तौलिय फलहरु खानु हँुदैन ।
४. तौल ज्यादा भएकाहरुले कम क्यालोरी भएका खानाहरु खानु पर्दछ । चाउचाउ, बिस्कुट, नुडल्स्, कार्बाेनिकपेय र अल्कोहलिकपेय जस्ता खालीक्यालोरी दिने पदाथ मुटुको लागी राम्रो होइन ।
५. पेटभरी ठुसी—ठुसी खाने बानी त्यागेर पेटको आधाभाग ठोस र चौथाइ भाग तरल पदार्थले भर्नु पर्छ भने चौथाइ भाग वायु संचरणकालागी खाली छोडिदिनु पर्छ । ठोस भोजन दिनको दुइ पटक मात्र होस् । रात्रीकालिन भोजनमा अन्नको मात्रा जति सक्दो कम होस् । अन्नको सट्टा दाल, तरकारिकोसुप, उसिनेको सागसब्जी र तरकारी जस्ता चाडै पच्ने खाना खाने गराँै ।
७. खानामा नुनको मात्रा दुई–तीन ग्राम मात्र होस् । अजिनामोटो, सोडियोवाइकार्वोनाइड र सोडियमवेन्जोएट जस्ता वेकिङ पाउडरको प्रयोग मुटु मैत्री होइन । अचार, आलुचिप्स, कुरकुरे, पाँउ जस्ता अतिरित्त लवण राखिएका खाद्ययपदार्थले मुटु रोगको जोखिम बढाउँछ ।
८. खानमा रेसा र चोकर युक्त खाद्यानहरुको समायोजन हुन जरुरी छ । सलाद, हरीया सागसब्जि, चोकरयूक्तपीठो, रातोचामल, सग्लै अन्नहरुमा रेसाको मात्रा ज्यादा हुन्छ । हरीया कलिला मौसमि साग, अंकुरीत गेडागुडि वा जमरामा एण्टिअक्सिडेन्टको मात्रा ज्यादा हुन्छ । एन्टिअक्सिडेन्टले थुनिएका नसा खोल्न र घात पछिको घाउ निको पार्न मुख्य भूमिका खेल्छ ।
व्यायाम व्यस्थापन
१. मुटुरोगीले ब्यायाम गर्न भनेर कहिले पनि कठिन ब्यायाम वा श्रम गर्नु हुँदैन । अंग ब्यायाम, रिढ ब्यायाम, सिथिलिकरण ब्यायाम, प्रातः ग्रमण जस्ता हल्का ब्यायाम नियमित गर्नु पर्छ ।
२. दक्ष योग गुरुबाट मुटुरोगीले गर्ने योग सिकेर नियमित योग आसन र प्रणायाम गर्नाले हृदयघातको जोखिम कम गर्नुका साथै मुटुरोग उल्ट्याउन पनि मद्दत गर्छ ।
३. ब्यायामलाई दिन चर्याको मुख्य अंग बनाउनु पर्छ । ब्यायाम गर्ने भनेर एकै दिन धेरै गर्ने, कहिले गर्ने कहिले नगर्ने वा मुढे बल लगाएर ब्यायाम गर्नु हुन्न ।
बिश्राम व्यवस्थापन
१. मुटु रोगीका लागी विश्राम, भोजन र व्यायाम भन्दा पनि महत्वपुर्ण छ । राति चाढै खाना खाने र खाएको तीन घण्टा (पेट खाली भएपछि) मात्र सुत्ने गर्नु पर्छ । निद्रा नआउनेहरुले चिकित्सकको सल्लाह अनुसार औषधि खाएर भएपनि सुत्ने प्रयास गरौं । दिउसोसुत्ने, बिहान अबेरसम्म सुत्ने, राति चाढै नसुत्ने, र खानाखाने बित्तिकै सुत्ने बानी मुटुका लागी खतरनाक मानिन्छ ।
२. शारिरिक तथा मानसिक रुपले विश्राम लिनका लागी योग आसन, योग निद्रा, माइन्ड साउन्ड रेसोनेन्ट टेक्निक ९ःक्च्त्०, प्राणिक इनरजाईजीङ्ग टेक्निक ९एभ्त्०, सेल्फ मेनेजमेन्ट अफ एक्सेसिभ टेन्सन ९क्ःभ्त्०, जेकब्सन प्रोग्रेसिभ मसल्स् रिल्याक्सेसन टेक्निक ९व्एःच्त्० डिप रिल्याक्सेसन् टेक्निक ९म्च्त्०, क्विक रिल्याक्सेसन टेक्निक ९त्तच्त्०, ईन्ष्टेन्ट रिल्याक्सेसन् टेक्निक ९क्ष्च्त्० जस्ता विश्रामका विधिहरु सिकेर अभ्यास गर्ने गरौं ।
३. सम्पूर्ण शरिरको मालिस, तैल अभ्यङ्ग, वाष्पस्नान, सउना स्नान, फोहोरा स्नान, पौडिनु, तैरीनु जस्ता उपचार पद्धतिले बिश्रामलाई बढाउँछ ।
विचार व्यावस्थापन
वैचारिक स्तरमा आएको हरेक परिवर्तन हृदयमा प्रतिविम्वित हुन्छ । हजुर हास्दा हृदय हास्छ, हजुर रुदा हृदय रुन्छ । त्रूmद्ध र भावुक हुँदा हृदय पनि विचलित हुन्छ । रुग्न मानसिकता भएकाहरुको हृदय पनि चाँडै रोगी हुन्छ भने स्वस्थ्य विचारको अभ्यासले हृदयलाई पनि स्वस्थ्य राख्न सहयोग गर्छ ।
१. हृदयरोगवाट बच्न अव्यवहारिक र पुरान हुने महत्वकांक्षाबाट बच्नुपर्छ । आफ्नो मनको भावनाहरु सम्वधोन गर्न, अरुको भावनाहरुको सम्मान गर्न, समाज र परिवारको मान्यताहरुसँग समन्जस्य गर्न सिक्नुपर्छ । धेरै सम्पति र नाम कमाउने वा उन्नती गर्ने चाहनामा आपूmलाई तिरोहित गर्नु हुँदैन ।
२. सकारात्मक चिन्तन हृदयको लागि ठूलो ओखती हो । राम्रा र नराम्रा पक्ष हरेक घटनाहरुको दुई अभिन्न पाटा हुन । हरेक घटना वा व्यक्तिको राम्रो पक्षलाई केलाउने बानी मुटुको लागि राम्रो हो ।
३. बिहान बेलुकी कम्तिमा २० मिनेट निर्विचार हुने कोसिस गरौं । निर्विचार साधानाले हृदयलाई शान्ति दिन्छ । । योग निद्रा, जप, प्रार्थाना, वा एकान्तबास जस्ता साधना नियम पुर्वक दक्ष गुरुबाट सिकेर निरन्तर गर्ने गरौं यसले तनाब कम गर्न सहयोग गर्छ ।
५. तनाव व्यवस्थापनको नाममा चुरोट, सुर्ति, जाड रक्सि, वा अन्य नसालु पदार्थको सेवन गरेर आपूmलाई भुलाउन नखोजौ ।
व्यवहार व्यवस्थापन
हृदय हरेक व्यवहार, घटनाक्रम र दिनचार्यको साक्षी हो । तपार्इंको मनको कुरो मस्तिस्कले ढाट्ला तर हृदयले दुधको दुध पानीको पानी बताई दिन्छ भने अनियमित दिनचार्यको भार पनि हृदयले प्रष्ट पारिदिन्छ । यसर्थ हाम्रो दिनचार्य र आनिबानी हृदय मैत्री हुन जरुरी छ ।
१. बिहान ब्रम्ह मुहर्तमा (घाम झुल्किनुभन्दा ९६ मी. अगाडि देखि घाम झुल्किदासम्मको समय) उठिसक्ने, उठ्ने बित्तिने दुई गिलास मनतातो पानी पिउने, तत् पश्चात मलमुत्र विशर्जन गरी सुचीनिची भई दाँत माझि व्यायामको लागी तयार हुनु पर्छ ।
२. ब्यायाम पश्चात हल्का खाजा खाएर दैनिक गर्नुपर्ने कामहरुलाई व्यवस्थित गर्न कार्यतालिका बनाउन जरुरी छ । यसो गर्दा कार्य व्यवस्थापन सुचारुभई अतिरिक्त तनाबबाट बच्न सकिन्छ ।
३. बेलुका साढे छ देखि सात बजे भित्र खाना खाई सक्ने । त्यसको तीन घण्टा पछि मात्र सुत्न जाने गर्नु पर्छ ।
४. नाम र दामको पछाडि मरीहत्ते गर्नेबानी मुटुकालागी राम्रो होइन । ईमान, जमान नैतिकता र धर्मलाई आत्म साथ गर्दै जति जे हुन्छ त्यसैमा सन्तोष गरौं ।
५. आफ्नो ब्यक्तित्वलाई लचकदार र सर्वप्रिय बनाउँ । अहंकार, घमण्ड र मपाईत्वलाई प्रशय नदिउँ । सानालाई माया र ठुलालाई आदार गरौं । दुःखीहरुसँग करुणा, आनन्दितहरुसँग मित्रता, सज्जनहरुसँग मुदित राखौं भने दुर्जनहरुको वास्तै नगरौं ।
६. आफ्ना गल्ति तथा भुलहरुलाई फेरी नगर्ने संकल्पका साथ भुलौ । विगतमा भएका कुराहरुलाई लिएर तनावग्रस्त हुने नगरौं । ईखलिने, बैरत्वराख्ने, मनमालागेका कुरा नभन्ने र भावानाको दमन गर्ने ब्याक्तित्व हृदय रोगको सिकार हुन सक्छ ।
मुटुका बारेमा केही रोचक तथ्यहरू
१) धेरैले मुटु छातिको बाँया पट्टि हुन्छ भन्ने ठान्दछन् तर वास्तवमा मुटु बाँया र दाँया पट्टि नभएर मध्य छातिमा हल्का बाँया पट्टि ढल्किएर रहेको हुन्छ ।
२) हाम्रो मुटु एक मिनेटमा ७२ पटक धड्कन्छ । यसरी धड्कदा एक घण्टामा ४,३२० (चार हजार तीन सय बीस) चोटी, एक दिनमा १,०३,६,८० (एक लाख तीन हजार छ सय असी) चोटी, एक वर्षमा ३,७८,४३,२०० (तीन करोड अठहत्तर लाख त्रीचालीस हजार दुइ सय) पटक र ७० वर्षको औषत जीवानकालमा २,६४,९०,२४,००० (दुइ अरब चौसठी करोड नब्बे लाख चौबीस हजार) पटक धड्कन्छ ।
३) एकचोटी धड्कदा हाम्रो मुटुले ७० मि.लि. रगत पम्प गर्छ । यसरी पम्प गर्दा मुटुले एक मिनेटमा ५.०४० ( पाँच लीटर), एक घण्टामा ३०२.४०० (तीन सय दुइ लीटर), एक दिनमा ७२५७.६०० (सात हजार दुइ सय सन्ताउन्न) लीटर, १ वर्षमा २६,४९,०२४ ( छब्बीस लाख उनन्चास हजार चौबीस लीटर) रगत पम्प गर्ने गर्दछ भने ७० वर्ष औषत आयुमा १८, ५४, ३१,६८० (अठार करोड, चौबन्न लाख एकतीस हजार आठ सय साठी) लीटर रगत पम्प गर्ने गर्दछ ।
४. हाम्रो मुटु हामी यस संसारमा जन्मलिनु भन्दा पहिले देखिनै अर्थात गर्भाधान भएको ६ हप्तादेखि नै धड्कन थाल्दछ र हामी बाचुन्जेल धड्की रहन्छ । यस बिचमा मुटुको मांशपेशीले कहिले पनि विश्राम लिदैन जब लिन्छ त हाम्रो जीवननै समाप्त हुन्छ ।
५) मुटुको मंशपेसीले दुई धड्कन बीचको समयमा आराम गर्ने विश्वास वैज्ञानिकहरुले गरेका छन् ।
६) मुटुको तौल पुरुषमा ३५० ग्राम र महिलामा २५० ग्राम बराबरको हुने गरेको छ ।
७) हाम्रो शरीरमा लगभग १००० खरब कोषहरु छन् । ती हरेक कोष आपैmमा एक स्वतन्त्र जीवन हुन् । हाम्रो शरीरलाई जस्तै हरेक कोषलाई बाच्नको निम्ति खानाको पाचन पश्चात् प्राप्त पौष्टिक तत्व र प्राण वायु अक्सिजनको आवश्यकता पर्दछ । ती हरेक कोष कोषहरुमा पोषकतत्व र अक्सिजन पु¥याउने काम रक्त सञ्चारद्वारा मुटुले पुरा गर्दछ ।
८) रगतमा अक्सिजनको ओसार पसार गर्ने काम राता रक्तकोषहरुले गर्ने गर्दछन् । हाम्रो शरीरमा लगभग २५० खरब राता कोषहरु छन् । यी हरेक राता रक्तकोषहरुको औषत आयु लगभग १२० दिनको हुन्छ ।
९) प्रत्येक दिन हाम्रो रगतमा २५० अरब नयाँ राता रक्तकोषहरू थपिने र लगभग उसै संख्यामा राता रक्तकोषहरु माारिने पनि गर्दछन् ।
१०) सबैभन्दा धेरै हृदयघाट हुने बार सोमबार हो । भने सबैभन्दा धेरै हृदयघात हुने दिन क्रिसमस दिवस हो ।
११) महिलाको हृदय पुरुषको हृदयभन्दा छिटो चल्ने गर्दछ ।
१२) मुटुको मांशपेशीलाई संसारको सबैभन्दा तगडा मांशपेशी मानिन्छ । किनकी यो मांशपेशी हाम्रो जन्म हुनु पूर्व देखि हामी नमरुन्जेलसम्म अविश्रान्त धड्की रहन्छ ।
१३) हाम्रो शरीरमा लगभग ६०,००० (साठ्ठी हजार माईल) ९६५९० किमी रक्त नलीहरु छन् र यी सबै रक्तनलीमा मुटुले रक्त आपुर्ती गरिरहन्छ ।
१४) हाम्रो मुटुलाई शरीरबाट अलग्गै राखेर पर्याप्त पोषक तत्व र अक्सिजन उपलब्ध गराईयो भने पनि मुटु धड्की रहन्छ । किनकी मुटुको आफ्नै विद्युतिय संवेग भएकाले आफै धड्किन रहन पनि सक्छ ।
१५) आज सम्म मानवमा सबै भन्दा कम २६ धड्कन प्रति मिनेट र सबैभन्दा ज्यादा ४८० धड्कन प्रतिमिनेट रेकर्ड गरिएको छ ।
१६) हामी जस्तो भावनाले ओतप्रोत हुन्छौ हाम्रो मुटु पनि त्यसै भावना अनुरूप धड्किने गर्दछ ।
१७) बच्चाहुँदा मुटुको ढुकढुकी सबैभन्दा धेरै १६० पटक सम्म र बुढेसकालमा ३० देखि ४० पटक सम्म हुनसक्छ ।
१८) महिला र पुरुषमा हार्ट एट्याक को लक्षण अलग–अलग हुन्छ ।
१९) मुटुले आँखाको कोर्नीयाका कोषहरुलाई छाडेर बाँकी ७५ ट्रिलियम कोषहरुलाई हरपल रगत आपूर्ती गराई रहेको हुन्छ ।
२०) मुटु धड्किदा आउने लव–डव आवाज मुटुको भल्वहरु खुल्दा र बन्द हुँदा आउने गर्दछ ।
२१) ३००० हजार साल पुरानो इजिप्टमा संरक्षित मम्मीहरुमा पनि मुटु सम्बन्धि अनेकौ रोग भेटिएका छन् यसर्थ मुटुरोग पुरानो रोग हो ।
२२) मुटुको क्यान्सर अत्यन्तै विरलै हुने गर्दछ ।
२३) कोकीन खाने व्यक्तिको मुटुको शरीर बाहिर निकाले पनि धेरै बेरसम्म धड्किरहन्छ ।
२४) शरीर भन्दा बाहिर रगत पम्प गराउदा मुटुले ३० फिट माथिसम्म रगत पम्प गर्न सक्छ ।
२५) प्रेमको चिन्हको रुपमा मुटुको चित्रलाई सन् १९५० देखि प्रयोग गरिदै आएइको छ ।
२६) मुटु रोगको कारणले हेरक वर्ष १ करोड ७९ लाख मानिसहरु अकालमा मारिने गरेका छन् ।
२७) मुटुको विद्युतिय गतिविधि मापन गर्ने यन्त्र ई.सी.जी. को आविष्कार सन् १९०३ मा नेदरल्याण्डका चिकित्सक वीलियम एन्थोभीएन ले गरेका छन् ।
२८) मुटुको पहिलो सल्यक्रिया सन् १८९३ मा भएको थियो भने १९५० मा पहिलो कृतिम भल्भ हालिएको थियो । यसैगरी १९६७ मा पहिलो मुटु प्रत्यारोपण गरिएको थियो तर मुटु प्रत्यारोपित गर्ने व्याक्ति केवल १८ दिन सम्म मात्र बाचेको थियो तर सन १९८२ मा गरिएको सफल प्रत्यारोयण पश्चात प्रत्यारोपित गर्ने व्याक्ति लामो समय सम्म बाचेको थियो ।
२९) ३ वटा मुटु भएको जनावर अक्टोपसका हो ।
३०) शरीर र मुटुको आकारको अनुपातको हिसाबले कुकुरको मुटु अन्य प्राण्ीको भन्दा मुटु भन्दा ठूलो हुन्छ ।
३१) अजिङ्गरको मुटु खाना खादाँ फैलिन्छ ।
३२) संसारमा सबैभन्दा ठूलो मुटु भएको जनावर ब्लू ह्वेल हो भने सबैभन्दा सानो मुटु भएको जनावर फेरी फ्लाई हो ।
३३) संसारमा सबैभन्दा ज्यादा धड्कीने मुटु मलेसियाली मुसा भ्तचगकअबल क्जचभध को हो । भने सबैभन्दा कम धड्कने मुटु अमेरिकन लोखर्के ज्ष्दभचलबतष्लन न्चयगलमजयन को हो जसको मुटुको चाल क्रमश १५११ धड्कन प्रति मिनेटको र ५ धड्कन प्रति मिनेट रहेको छ ।
