रुस र अमेरिका वार्ता निष्कर्षविहिन

२०८२ मंसिर १८ गते, बुधबार

काठमाडौँ । युक्रेन मामिलामा सम्बन्धि वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी प्रतिनिधिमण्डलबीच सहमति जुट्न नसकेको बताइएको छ । वार्तामा सहभागि क्रेमलिनका प्रतिनिधि युरी उशाकोभका अनुसार अमेरिकी प्रस्तावका केही बुँदामा रुसले सहमति जनाएको छ । तर युक्रेनको केही भूभाग रुसले पाउनुपर्ने मुख्य वुँदामा भने सहमति जुट्न बाँकी रहेको बुझिएको छ ।
दोस्रो विश्वयुद्ध पछि युरोपमा भएको सबैभन्दा घातक युद्धको अन्त्य गर्न अमेरिकाले मध्यस्थता गर्न खोजिरहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र ज्वाइँ जारेड कुशनरले मस्कोमा पुटिनसँग भेट गरेका हुन् ।
छलफल लगभग पाँच घण्टा चलेपछि मध्यराती सकिएको थियो । युक्रेन शान्ति योजनामा रुसलाई मनाउन अमेरिकी प्रतिनिधिमण्डल मस्को पुगेको थियो ।
अमेरिकी प्रस्तावको बिकल्पको रुपमा युक्रेन र युरोपले ल्याएको प्रस्तावो भने रुसले निन्दा गरेको छ । यसका कुनैपनि वुँदा आफुलाई स्वीकार्य नभएको रुसी जवाफ छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]