संबिधानसभाबाहिरै सहमति हुनुपर्छ : किरण
काठमाडौ, २८ भदौ । क्रान्तिकारी पत्रकार महासंघले शनिबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य किरणले संबिधानका सम्पूर्ण बिषयहरु संबिधानसभा बाहिरै बसेर सहमति गर्नुपर्ने बताएका छन् । किरणले संबिधासभाबाट संबिधान बनाउने कुरामा आफ्नो पार्टीलाई कुनै सरोकार नरहेको बताएका छन् ।उनले संबिधानसभा बाहिर सर्वपक्षीय राजनीतिक सभा गरेर संबिधान र शान्ति प्रक्रियाका सम्पूर्ण कुराहरु टुंग्याउनुपर्ने बिचार व्यक्त गरे । माओवादी संसदीय भासमा फस्ने नसक्ने बिचार व्यक्त गर्दै बैद्यले सर्वपक्षीय राजनीतिक सभाबाट मात्रै देशले निकास पाउन सक्ने दावी गरे । ‘जनजिविका, राष्ट्रियता र गणतन्त्रका लागि यति लामो संघर्ष गरेर अन्तमा फेरि सम्झौतामा फस्ने काम माओवादीले गर्न सक्दैन’, उनले भने ।
किरणले युद्धकालका मुद्दा, संघीयताको स्वरुप, शान्ति प्रक्रियाको पूर्णता र संबिधानका अन्र्तबस्तुका बिषयमा राजनीतिक सभामै छलफल हुन आबश्यक रहेको बताए । उनले सरकारले गरेको उर्जा व्यापार सम्झौता औचित्यहीन रहेको धारणा व्यक्त गरे । देशमा पुग्ने जति बिद्युत नै उत्पादन नभइरहेको बेला व्यापारको कुरा गर्नु अर्थहीन हुने उनले बताए । पार्टी प्रशिक्ष्णका क्रममा किरण गृहजिल्ला दाङ आएका हुन् ।