भारतमा साइबर सुरक्षा एपको चर्को विरोध

२०८२ मंसिर १९ गते, बिहीबार


काठमाडौँ । भारतमा साइबर सुरक्षासम्बन्धी प्रावधानको चर्को विरोध भएपछि सरकार पछि हटेको छ । देशव्यापी सार्वजनिक आक्रोश पछि भारत सरकारले स्मार्टफोन निर्माताहरूलाई नयाँ फोनहरूमा राज्यद्वारा सञ्चालित साइबर सुरक्षा एप प्रिलोड गर्न अनिवार्य गर्ने आदेश खारेज गरेको छ ।
सरकारी आदेशले स्मार्टफोन निर्माताहरूलाई ९० दिनभित्र आफ्ना नयाँ फोनहरुमा भारत सरकारद्धारा नियन्त्रित ‘सञ्चार साथी’ नामको एप राख्न बाध्य पारेको थियो । तर गोपनियताको विषयलाई लिएर विज्ञ तथा आम क्षेत्रबाट विरोध भएपछि सरकारले उक्त आदेश खारेज गरेको हो । हिजो आदेश फिर्ता लिँदै सरकारले एपको “बढ्दो स्वीकृति’’ले यसको अवश्यकता प्रमाणित गरेको दाबी ग¥यो ।
एप्पल र सामसुङ जस्ता ठूला स्मार्टफोन कम्पनीहरुले आफ्ना उपकरणहरूमा यसलाई राख्न नसक्ने जानकारी गराइसकेका थिए । हालसम्म १ करोड ४० लाख प्रयोगकर्ताहरूले यो एप डाउनलोड गरेको सरकारी दाबी छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु