कांग्रेसले बहालवाला राष्ट्रियसभा र प्रदेशसभाका नेतालाई उम्मेदवार नबनाउने

२०८२ मंसिर १९ गते, बिहीबार


काठमाडौँ । नेपाली कांग्रेसले बहालमा रहेका राष्ट्रियसभा र प्रदेशसभाका नेतालाई आगामी राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार नबनाउने भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले परिपत्र गर्दै उम्मेदवार सिफारिससम्बन्धी यसअघिको परिपत्रबारे प्रष्ट पारेका हुन् । मुख्यसचिवले गरेको परिपत्रमा मातहतका कार्यसमितिलाई राष्ट्रियसभा र प्रदेश सभामा हाल बहालमा रहेका व्यक्तिलाई उम्मेदवारका लागि सिफरिस नगर्न भनेका हुन् ।
मुख्यसचिवको परिपत्रमा भनिएको छ- ‘राष्ट्रियसभामा हाल बहाल रहनुभएका माननीय सांसदको नाम उम्मेदवारको रुपमा सिफारिस गर्न पाइने छैन। प्रदेशसभामा हाल बहाल रहनु भएका प्रदेशसभा सदस्यको नाम उम्मेदवारको रुपमा सिफारिस गर्न पाइने छैन ।’

प्रतिक्रियाहरु

[anycomment]