काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस

२०८२ मंसिर २९ गते, आईतवार


काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको जनाएको छ । महाशाखाकी मौसमविद रुबी पौडेलले आज बिहान पौने ६ बजे गरेको मापनमा न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस र आज अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहने जानकारी दिइन् ।
मौसम पूर्वानुमान महाशाखाले तापक्रमको अध्यावधिक विवरण पौने नौ बजे सार्वजनिक गर्नेछ । यसैगरी आज बागमती, कोशी र गण्डकी प्रदेशमा आंशिक बदली हुने सम्भावना छ । अन्य प्रदेशमा भने मौसम मुख्यतया सफा रहेको मौसमविद पौडेलले बताइन् । आज राति पनि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु