इजरालद्वारा गाजामा आक्रमण: हमासका वरिष्ठ कमाण्डर मारिए
काठमाडौँ । इजरायली सेनाले गाजा सिटीमा गरेको आक्रमणमा हमासका वरिष्ठ कमाण्डर राएद साद मारिएका छन्। राएद साद २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणका योजनाकारमध्ये एक भएको बताइएको छ। इजरायली सेनाले साद हमासको सैन्य क्षमता पुनःस्थापित गर्न सक्रिय रहेको आरोप लगाएको छ।
हमासले भने राएद सादको मृत्युको पुष्टि गरेको छैन। बीबीसीका अनुसार हमासले उक्त आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ।
आक्रमणमा २५ जना भन्दा बढी घाइते भएका छन्। हमासले इजरायलले सार्वजनिक गाडीमा आक्रमण गरेको भन्दै अक्टोबरमा लागू भएको युद्धविरामको उल्लंघन गरेको आरोप लगाएको छ। गाजाका अधिकारीहरूका अनुसार अक्टोबरमा युद्धविराम सुरु भएयता पनि इजरायलले गाजामाथि करिब ८ सय पटक आक्रमण गरिसकेको छ । जसमा कम्तीमा ३८६ जनाको मृत्यु भएको छ। – एजेन्सी
