एमाओवादी उपाध्यक्ष बोगटीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भिर

२०७१ भाद्र २९ गते, आईतवार


काठमाडौँ , २९ भदौ – एकीकृत माओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्वास्थ्य अवस्था अत्यन्त गम्भिर रहेको छ ।पक्षघात र मष्तिस्कघात एकैपटक भएका बोगटीको हाल थापाथलीस्थित नर्भिक अस्पतालमा कृत्रिम श्वासप्रश्वास प्रणाली ‘पेसमेकर’ मा राखेर उपचार भैरहेको छ । नर्भिक अस्पतालका तर्फबाट जारी गरिएको प्रेस विज्ञप्तिमा उनको अवस्था अत्यन्तै गम्भिर रहेको उल्लेख छ ।
‘उनलाई रक्तचाप अपेक्षित स्तरमा कायम राख्ने र अन्य महत्वपूर्ण जीवनदायी औषधिको सहयोगमा उपचार गराइएको विज्ञप्तिमा छ । हालको जटिल अवस्थालाई मध्यनजर गरी निजको पारिवारीक एवम् पार्टीको सरसल्लाह तथा उपचारमा संलग्न चिकित्सकको रायअनुसार उनको जीवनरक्षाको लागि केवल परम्परागत तथा जीवनदायी औषधोपचार मात्र अपनाउन उपयुक्त छ विज्ञप्तिमा भनिएको छ । ’
६२ वर्षीय बोगटीलाई गत बिहिबार राती घरमै बसिरहेका बेला एकैपटक हृदयघात र मष्तिस्कघात भएको थियो ।
लगत्तै गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा सर्जरी गरी रक्तसञ्चालन सुचारु गराइए पनि होस नआएपछि सिटीस्क्यान गर्दा मष्तिस्कघात भएको पाइएको थियो ।
उनको मष्तिस्कमा रगतजमेका कारण शरीरको दाहिने भाग पुरै नचल्ने अवस्थामा छ । बोगटीका उपचारमा वरिष्ठ मुटुरोग बिशेषज्ञ डा यादवदेव भट्ट नेतृत्वमा डा पंकज जलान, डा रमेह चोखानी लगायत संलग्न छन् ।

प्रतिक्रियाहरु

[anycomment]