संयुक्त राष्ट्र संघको सुडानस्थित कार्यालयमा ड्रोन आक्रमण

२०८२ मंसिर ३० गते, सोमबार

काठमाडौँ । संयुक्त राष्ट्र संघको सुडानको दक्षिण कोर्डोफान राज्यको राजधानी कादुग्लीमा रहेको सुविधा केन्द्रमा ड्रोन आक्रमण भएको छ। उक्त आक्रमणवा संयुक्त राष्ट्र संघका ६ शान्ति सैनिकको मृत्यु भएको छ । सुडानी अधिकारीहरूका अनुसार आक्रमणमा परी ७ जना घाइते भएका छन् । सुडानी सशस्त्र बलले अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सलाई आक्रमण गरेको आरोप लगाएको छ ।
फोर्सले भने यो आरोप अस्वीकार गरेको छ । ड्रोनले संयुक्त राष्ट्र संघको मुख्यालय र बंगलादेश बटालियनमा तीन वटा मिसाइल प्रहार गरेको थियो। जसले गर्दा राष्ट्र संघको भण्डारण सुविधामा आगो लागेको थियो । घटनामा हताहत भएका सबै बंगलादेश बटालियनका सदस्यहरू रहेको बताईएको छ ।
सुडानको संक्रमणकालीन सार्वभौम परिषद्ले कादुग्लीमा रहेको राष्ट्र संघको परिसरमा ड्रोन आक्रमणको रूपमा वर्णन गरिएको कुराको निन्दा गरेको छ। यसलाई अन्तर्राष्ट्रिय मानवीय कानून र संयुक्त राष्ट्र संघको सुविधालाई प्रदान गरिएको सुरक्षाको गम्भीर उल्लंघन भनिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]