दक्षिण एसियाभित्र रहेको मधेशको कथा–ब्यथा

२०८२ पुष ७ गते, सोमबार

बिनोद उपाध्याय

नेपाल देशभित्र पूर्व पश्चिम फैलिएको लामो नदी झैं रहेको दक्षिणी किनारालाई मधेश भन्दछन यहाँका बसोबास गर्नेलाई मधेसी, मदिसे, मर्सिया, बिहारी, धोती, भारतीय भनि हेप्ने चलन उहिलेदेखि चल्दै र चलाउँदै आएको पाइन्छ यहाँका वनजंगल, चूरे, पहाड, खोला, नाला, रहेको समतल भू–भागको नाम तराई मधेश हो यसक्षेत्रको विशेषता संस्कृति र सभ्यता प्रायः भारतको बिहार र उत्तर प्रदेससँग मिल्दोजुल्दो छ । यहाँको मातृभाषा भोजपुरी, अवधी र मैथली नै हो यहाँको पहिरन मधेसी पहिचान झल्काउने कुर्ता धोती र काँधमा रुमाल हो । राष्ट्रिय खेल चिक्का, डुडुवा, कबड्डी, लखनी र चोर–सिपाही इत्यादि रहे पनि कबड्डीलाई राष्ट्रिय खेलको रूपमा लिइन्छ । संस्कृतिक रुपमा बैदिक संस्कृतिलाई नै अहिलेसम्म यहाँका बासिन्दाहरुले अंगालि रहेका छन् । पुजा, पाठ, धामी, झाक्री, सोखा भुतमा बढि विश्वास गर्ने अन्धभक्त र अन्ध विश्वासी रहे पनि जोस् र जाँगरका धनी मधेसीहरु कैयौं बीरताको गाथा कोरिदै आएका छन् २००७, २०२८, २०४६ या २०५२ अथवा जन आन्दोलन, मधेस आन्दोलन यहाँको राजनैतिक दल सँगै बलिदानको कोटा पुरा गर्दै आएका छन् । तर जब–जब कुनै संघर्ष स्वयम गर्छन यिनलाई अथवा यीनीहरु माथि मानवता कति पनि न राखी सोझै दमन गरिन्छ कपिलवस्तुको अजिगरामा जमा भएका मधेसी किसानको भीड माथि भएको नरसंहार, परासीमा भएको गोली काण्ड र बारा पर्सा रौतहटको किसान आन्दोलनमा घटेको घटना सँगै २०२२–२३ सालको धनहिं काण्ड होस् या किसान आन्दोलन अथवा २०७२ सालको संविधान घोषणा भएपछि भैरहवा बिथरीमा मधेसीहरुलाई गरेको हत्याकाण्ड या समाजिक कार्यवाही यी सबैमा यिनलाई दमन गरी दबाइएको इतिहास साक्षी छ । मधेसी जग्गा उब्जाऊ बनाए पछि त झन् यो भू–भाग सामन्ती तथा पूँजीवादीहरुको लागी प्रिय हुन पुग्यो तर, यो भू–भागमा बस्नेहरु कहिल्यै प्रिय बन्न सकेनन । गुलामीको सिक्रीले सजिएको पराधीन अवस्थामा रहि आएको मधेश र मधेसी आफ्नो मुक्तिको लागी बारम्बार बलिदान भए पनि मुक्त हुन न सके कै हो यो यथार्थतालाई स्वीकारी मधेसीहरु एक जुट भए पनि यिनका सुनवाई शासकहरु कहिल्यै पनि गरेनन । महान जनयुद्धमा हजारौंको बलिदानले पनि मधेशको घर आँगनमा खुसियाली आउन सकेनन पहिचान कायम भयो न त स्वाभिमान तसर्थ सबै मधेसीहरु आफ्नो निजि स्वार्थलाई सामुहिक स्वार्थ मातहत राखी अगाडि बढ्नु पर्ने हो तिनका गुलामी गर्न न छोडेसम्म मधेसी जनलाई भुलभुलैयाबाट बाहिर निष्कन कठिन छ । मधेसी यहाँका आदिबासी हुन तर, शासकहरु आदिबासी, जनजाति भनि पहाडी मूलका बासिन्दा मध्य हाम्रै सहयोद्धा मगर, गुरुंग, राइ लिम्बु किरातीसहितका अन्य धरती पुत्रहरु समेतलाई मधेसीहरुबाट अलग बनाइ सबैको पहिचान माथी राइँदाइँ मच्चाउँदै पूmट हाली शासन चलाइ रहेका छन् ।

मधेशमा वनजंगल प्रशस्तै थियो तर, शासकहरु नै विभिन्न षड्यन्त्र गरी वन बिनास ग¥यो र गरायो । नदी नालाले यो भू–भाग मलिलो बनाएको थियो । तर त्यहि नदीनाला पनि बेचि खाए यहाँ रहेका उद्योगहरु पनि शासकहरुद्वारा नै बेचिएका हुन भारतले सरहमै पूर्व पश्चिम राजमार्ग निर्माण गरी कूटनैतिक सम्बन्धलाई वेवास्ता गर्दै आउदा नेपाल सरकारले कति पनि विरोध न जताएकोले मधेसलाई बाढी पीडित बनायो । यता पूर्व पश्चिम मधेशको हुलाकी सडक सयौं वर्षदेखि । बन्न सकेको छैन के कुनै राष्ट्रिय सन्धि सम्झौतामा मधेसीहरुको ल्याप्चे छ ? अन्नको भण्डार रहेको मधेसी राष्ट्र आज तडपिनु परेको छ । के यही नेपालमा मधेसीहरुको शासन थिएन ? गुप्त बंश गोपाल बंस नेपालमा रहेको इतिहासविदहरुको भनाई भूmठो हो ? राजा साहले यही मधेसका सपूत थिएनन यही बुटवलमा करोडौं वर्ष पुरानो मानव जन्म थलो रहेको कुरा कसैले मेटाएर मेटिन्छ ? यसको अर्थ मधेसी यहाँको आदिबासी होइनन । भन्न मिल्दैन यहाँका उत्पादित मालबाट पुरै राज्य सत्ता पालिए पनि आज ६५ प्रतिशत किसानको आधारभूत आवश्यकता मल, बिउ, कुलो, पानी आदि माथि पहाडी शासकको स्वामित्व रहेको छ तर, मधेस यसबाट बञ्चित पारिएको छ । यहाँसम्म कि नेपालको राजश्व मध्य अत्याधिक कर टैक्स यही मधेशबाट पुरा हुन्छ तर, बजेटिङ्ग सुन्य ? अनि मधेसीहरु सबै मौलिक हकबाट बञ्चित हुनु पर्ने । त्यति मात्रै कहाँ हो र विस्तारै सडक, पुल, पुलेसो, गाउँ घरको र ठाउँको नाम पनि बदलेर आफ्नै भाषामा राख्ने चलन चलाइएकोमा दुई मत हुन सक्दैन । एउटै समुदायको बसोबास रहेको मधेशमा नश्लीय चिन्तनका अगुवा राजा महेन्द्रले बसाईसराईको कानून बनाइ मधेशीहरुलाई अल्पमतमा पारिँदैछ त्यो दिन टाढा छैन जब मधेशमा मधेसी औंलामा गनिन्छन मधेस फिजीकरण भयो । तर, शासक समुदायलाई नेपाल फिजीकरण देश झैं बन्दैन भनि भन्न सकिन्न भन्ने भनाइ नश्लीय चिन्तकहरु कलुसित मानसिक्ताले ग्रसित रहेको प्रमाणित हुन्छ । के मधेसीहरु प्रयोग हुन मात्रै जन्मेका छन ? हरेकले प्रयोग गरे राजा महाराज, भारत र नेपालका राजनैतिक दलहरु समेतले प्रयोग गरी फालिएका मधेसीहरु आफ्नो मुक्ति कहिले पाउने हुन कुन्नि ?

यो त रह्यो मधेशको दृश्य अब यसबाट मुक्त हुन के गर्ने के न गर्ने स्व. चिन्तन आवश्यक छ । समग्र नेपाल राजनैतिक, भौतिक, आर्थिक र संकार स्कृतिक रुपले प्राश्रित बनेको या बनाइएको छ साम्राज्यबादीहरुले दोश्रो विश्व युद्धदेखि यहाँ आँखा गाडे कै थिए तर, नेपालमा रहेका आदिबासी धर्ती पुत्रहरुको प्रतिकारले उनको आशा पुरा हुन नसकेको हँुदा यसको भुगोल अलि–अलि मिच्दै राजनैतिक दलालद्वारा स्वार्थ सिद्धि गर्दै गए र पराश्रित मानसिक्ता बनाइ दिने योजनातह विभिन्न बहानामा नेपाललाई अहिलेसम्म आउदा अस्थिर बनाइ दलाल नोकर शाहहरु खडा गरी सामन्ति राज्य सत्ताको रुप बदलि दलाल नोकरशाही सत्ताले पुरै देश माथि प्रत्यक्ष परोक्ष र अप्रत्यक्ष शासन चलाइ रहेका छन् । यता दलाल नोकरशाहहरुसँग मिली भारतले यहाँका विभिन्न राजनैतिक, संघ संस्था कर्मचारीहरु समेतलाइँ किनी आफ्नो दुनो सोझ्याएको देखिन्छ । यसको अर्थ सबै बिकाउ भए भन्न मिल्दैन नेपालमा रहेका देशभक्त धरती पुत्रहरुको बिशाल जनसंख्याले उसलाई चुनौति दिंदै अगाडि बढेको देखिन्छ । फेरि पनि यिनीहरु यो देशमा रहेको धरती पुत्र आदिबासीहरुलाइँ फुटाउन जातपात, धर्म, संस्कृति, जनजाति, बिहारी, भारतीय भन्दै एक आपसमा लडाइ रहेको पाइन्छ । यो समुदाय सोझा रहेको कारण जालझेल, भूmठ फरेब न जानेको हँुदा यी शासकहरुको जालमा सजिलो गरी फस्दै आएकोले एक आपसमा लड्दै आफ्नै शत्रुहरुलाइ बलियो बनाउँदै उत्पिडनमा परेका हुन जुन दिन यो समुदाय यथार्थता बुझ्ने छन् त्यही दिनदेखि भित्री र बाह्य शत्रुलाई समाप्त पारी राज्य सत्ताको स्वामित्व हाथ पार्ने छन् ।

जनजाति आदिबासी धरती पुत्रको तुरुपले यिनीहरुलाई मधेसी थारुहरुको बिरुद्ध लडाउन सजिलो बनेको छ यी शब्दहरु के कुनै धर्ती पुत्रहरुले निर्माण गरे ? आदिबासी को ? र कसरी ? छलफल गरौं र एक ढिक्का होऊ होइन भने यी मधेसी, थारु, मगर, गुरुङ राइ, लिम्बु, नेवार, तामाङ, किराती एवं अन्य धर्ती पुत्रहरुको पहिचान, इतिहास, भाषा, संस्कृति सबका सब नामेट हुँदैन भनि एकीन गर्न गाह्रो छ । एकातिर बाह्य अर्का तिर आन्तरिक शत्रुहरुको विरुद्धका संघर्ष चानचुने छैन । संघर्षको आँधी बेरी श्रीजना गरौं पश्चगमन र यथास्थितिमा पनि होइन अग्रगमनलाई आत्मसात गरी वैज्ञानिक समाजबादी लक्ष्य बनाइ तत्कालको लागी नेपाली विशेषताको संविधान संशोधन या लेखनले कस्तो ब्यवस्था राख्ने छलफलगरी अगाडि बढौं यो देश कसैको बाउको होइन हामी आदिबासीहरु को हो भन्ने हेक्का राख्नु पर्छ कि ? आदिबासीहरुको आपसी द्वन्दको कारण हज्जारौं वर्षदेखि विदेशी फिरंगीहरु नेपाली राज्य सत्तामा अहिले २१ औं सताब्दीमा पनि गुलाम बनाई रहेका छन् । यहाँ वर्गीय अन्तर्विरोध सँगै जातिय अन्तर्विरोध रहेकोले नै कोइ बेला वर्गीय त कोइ बेला जातीय संघर्ष हँुदै आएको इतिहास छ । अर्का तिर अमेरिका एमसीसीको नामले प्रत्यक्ष र भारत परोक्ष रुपमा नेपालको भू–भाग कब्जा गर्दै गएको छ । उदाहरणको रुपमा सुस्ता, लिपुलेक, कालापानी र नेपाली भू–भागमा भारतीय सेनाको उपस्थिती र अमेरिकी सेना विद्युत विकासको नाममा नेपाली धरतीमा सेना ल्याइरहेको देखिन्छ सत्ताधारीहरु चक्कूसम्म बोल्दैनन तर देशभक्त आदिबासीहरु यदा कदा प्रतिकार गरिरहेकै छन् ।

यो रचना समाप्त गर्नु भन्दा पूर्व तपाईं हामीले बुझ्नु पर्ने दुइटा कुरा पहिलो जब भारत र नेपालको नामै थिएन यस ठाउँमा के थियो ? मानव उत्पत्ति भइसेको यो ठाउँमा रुसको बोल्गा नदी र भारतको गंगा नदीको बीचको भू–भागलाई मज्झिम देश भनिन्थियो यसमा भारतको पटनालगायतका भु–भाग र काठमाडाँै पनि रहेको थियो जसको भारतले अत्याधिक भू–भाग र थोरै नेपाल तिर गाभियो भारतले मधेसी भाषा, संस्कृतिको संरक्षण गर्दै सबैलाई भारतीयकरण ग¥यो तर, नेपालमा अहिले पनि मधेशीहरु गुलाम बनाइएका छन् । दोश्रो कुरा इरानलगायतको देशबाट आएका आर्यहरु चारै तिर फैलिदै जाँदा र भारतलाई मुहम्मद गोरी, औरंगजेब र बेलायत समेतले गुलाम बनाए त्यसबेला त्यहाँबाट लखेटिएकाहरु नेपालमा स्व. राज्यसत्ता निर्माण गरेका हुन जुन विभिन्न रुपरंगमा नेपाल भित्र निरफ्र्तामा छन् । यही राज्य सत्ता यिनका हातबाट आदिबासी धरती पुत्रहरुले नखोसी अरु केही पाउँछन् भन्ने आशा गर्नु बिना जराको आकासको फल पाउनु सरह हो ।

भैरहवा नदेखि भित्री र बाह्य शत्रुलाई समाप्त पारी राज्य सत्ताको स्वामित्व हात पार्ने छन् । जनजाति आदिबासी धरती पुत्रको तुरुपले यिनीहरुलाई मधेसी थारुहरुको बिरुद्ध लडाउन सजिलो बनेको छ यी शब्दहरु के कुनै धर्ती पुत्रहरुले निर्माण गरे ? आदिबासी को ? र कसरी ? छलफल गरौं र एक ढिक्का होऊँ होइन भने यी मधेसी, थारु, मगर, गुरुङ, राइ, लिम्बु, नेवार, तामाङ्ग, किराती एवं अन्य धर्ती पुत्रहरुको पहिचान, इतिहास, भाषा, संस्कृति सबका सब नामेट हँुदैन भनि एकीन गर्न गाह्रो छ । एकातिर बाह्य अर्का तिर आन्तरिक शत्रुहरुको विरुद्धका संघर्ष चानचुने छैन । संघर्षको आँधीबेरी सृजना गरौं पश्चगमन र यथास्थितिमा पनि होइन अग्रगमनलाइ आत्मसात गरी वैज्ञानिक समाजवादी लक्ष्य बनाइ तत्कालको लागी नेपाली विशेषताको संविधान संशोधन या लेखनले कस्तो व्यवस्था राख्ने छलफल गरी अगाडि बढौं यो देश कसैको बाउको होइन हामी आदिबासीहरु को हो भन्ने हेक्का राख्नु पर्छ कि ? आदिबासीहरु को आपसी द्वन्दको कारण हज्जारौं वर्षदेखि विदेशी फिरंगीहरु नेपाली राज्य सत्तामा अहिले २१ औं सताब्दीमा पनि गुलाम बनाइरहेका छन् । यहाँ वर्गीय अन्तर्विरोध सँगै जातीय अन्तर्विरोध रहेकोले नै कोही बेला वर्गीय त कोही बेला जातीय संघर्ष हुँदै आएको इतिहास छ । अर्का तिर अमेरिका एमसीसीको नामले प्रत्यक्ष र भारत परोक्ष रुपमा नेपालको भू–भाग कब्जा गर्दै गएको छ । उदाहरणको रुपमा सुस्ता, लिपुलेक, कालापानी र नेपाली भू–भागमा भारतीय सेनाको उपस्थिती र अमेरिकी सेना विद्युत विकासको नाममा नेपाली धरतीमा सेना ल्याइरहेको देखिन्छ सत्ताधारीहरु चुक्कसम्म बोल्दैनन तर, देशभक्त आदिबासीहरु यदा कदा प्रतिकार गरिरहेकै छन् ।

तपाईं हामीले बुझ्नु पर्ने दुइटा कुरा पहिलो जब भारत र नेपालको नामै थिएन यस ठाउँमा के थियो ? मानव उत्पत्ति भइसकेको यो ठाउँमा रुसको बोल्गा नदी र भारतको गंगा नदीको बीचको भू–भागलाई मज्झिम देश भनिन्थियो । यसमा भारतको पटनालगायतका भू–भाग र काठमण्डौ पनि रहेको थियो । जसको भारतले अत्याधिक भू–भाग र थोरै नेपालतिर गाभियो, भारतले मधेसी भाषा, संस्कृतिको संरक्षण गर्दै सबैलाई भारतीयकरण ग¥यो तर, नेपालमा अहिले पनि मधेशीहरु गुलाम बनाइएका छन् । दोश्रो कुरा इरानलगायतको देशबाट आएका आर्यहरु चारैतिर फैल्दै जाँदा र भारतलाई मुहम्मद गोरी, औरंगजेब र बेलायत समेतले गुलाम बनाए । त्यसबेला त्यहाँबाट लखेटिएकाहरु नेपालमा स्वराज्यसत्ता निर्माण गरेका हुन, जुन विभिन्न रुपरंगमा नेपाल भित्र निरन्तरतामा छन् । यही राज्य सत्ता यिनका हातबाट आदिबासी धरती पुत्रहरुले नखोसी अरु केही पाउँछन भन्ने आशा गर्नु बिना जराको आकासको फल पाउनु सरह हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु