पाँच महिनामा ७ खर्ब ६६ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात

२०८२ पुष ७ गते, सोमबार


काठमाडौँ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष पाँच महिनामा ७ खर्ब ६६ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात भएको छ। यो आयात पोहोर पहिलो पाँच महिनाको तुलनामा १५.८३ प्रतिशत बढी हो। पोहोर पाँच महिनामा ६ खर्ब ६१ अर्ब ४८ करोड रुपैयाँको वस्तु आयात भएको थियो।
असोजमा १ खर्ब ६२ अर्ब ९२ करोड ८२ लाख, भदौमा १ खर्ब ६२ अर्ब ११ करोड र साउनमा १ खर्ब ४३ अर्ब ४ करोड रुपैयाँको वस्तु आयात भएको तथ्यांक छ।
यस्तै पाँच महिनामा निर्यात एक खर्ब नाघेको छ। विभागका अनुसार साउनदेखि मंसिरसम्म १ खर्ब १६ अर्ब ५० करोड रुपैयाँको वस्तु निर्यात भएको हो। यो निर्यात पोहोरको सोही अवधिको तुलनामा ५८.१७ प्रतिशत बढी हो। यसपालि मंसिरमा मात्र २३ अर्ब रुपैयाँको वस्तु निर्यात भएको छ।

प्रतिक्रियाहरु

[anycomment]