माओ विश्व सर्वहारा वर्गका प्रेरणाको श्रोत

२०८२ पुष ११ गते, शुक्रबार


काठमाडौँ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले माओ विश्व सर्वहारा वर्गका प्रेरणाको श्रोत भएको बताएको छ। केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले १३३ औं माओ दिवसका अवसरमा आज एक बिज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन्।
यस बिषयमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – ‘ आज २६ डिसेम्बर । विश्व कम्युनिस्ट आन्दोलनको एक ऐतिहासिक दिन । आजकै दिन अर्थात् सन १८९३ डिसेम्बर २६ का विश्व सर्वहारा वर्षका नेता , माओवादका प्रवर्तक , नयाँ जनवादी क्रान्तिका सिध्दान्तकार , योजनाकार एवं प्रयोगकर्ता तथा चिनिया कम्युनिस्ट पार्टीका शिक्षाध्यक्ष कमरेड माओ त्सेतुङको जन्म भएको थियो । कमरेड माओ विश्व सर्वहारा वर्गका प्रेरणाको श्रोत समेत हुनुहुन्छ ।
विश्व सर्वहारा एवं श्रमजीवी जनसमुदाय र उत्पीडित राष्ट्र तथा जनताले २६ डिसेम्बरलाई माओ दिवसका दिन मनाउँदै आएका छन् ।
आज पनि विश्व सर्वहारा श्रमजीवी वर्गले कमरेड माओको १३३ आौ जन्म दिवस मनाउन गइरहेका छन् । विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले कमरेड माओको १३३ आौं जन्म दिवसप्रति ऐक्यबद्धता जाहेर गर्दछ ।
रुस , चीन लगायतका मुलुकहरुमा सञ्चालन हुँदै आएको समाजवादी व्यवस्थामाथि भएको प्रतिक्रान्ति पश्चात् अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र विश्व वैज्ञानिक समाजवादी शिविर रक्षात्मक अवस्थामा पुगेको छ र Redical Internayionnal Movement ( RIM ) क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलनको विघटन पश्चात् अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन नेतृत्व बिहिन अवस्थामा छ । र, विश्वभर क्रियाशील माओवादी कम्युनिस्ट पार्टीहरुले नयाँ खालको कम्युनिस्ट अन्तर्राष्ट्रियको गठनको प्रयास गरिरहेको अवस्था छ , यस कदमप्रति हाम्रो संगठनको समर्थन , सहयोग र ऐक्यबद्धता रहेको जानकारी गराउन चाहन्छौं ।
आजको युग साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो । माओवाद विश्व सर्वहारा क्रान्तिको पथप्रदर्शक एवं मार्गदर्शन सिध्दान्त भएको वर्तमान सन्देशमा मार्क्सवाद – लेनिनवाद – माओवादको रक्षा , प्रयोग र विकासका लागि दृढताका साथ अगाडि बढ्ने प्रतिज्ञा गरे पछि मात्र कमरेड माओको १३३ आौं जन्म दिवस मनाउनुको सार्थक हुनेछ भन्ने हाम्रो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले अपिल गर्दछ ।’

प्रतिक्रियाहरु

[anycomment]