ट्रम्प र जेलेन्स्कीबिच भेटवार्ता

२०८२ पुष १४ गते, सोमबार

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबिच फ्लोरिडामा भेटवार्ता भएको छ । भेटपछि ट्रम्पले मध्यस्थकर्ताहरु युक्रेन शान्ति सम्झौताको निकै नजिक पुगेको बताए । यद्यपि उनले केही मुख्य र जटिल मुद्दाहरुमा कुरा मिल्न बाँकी रहेको पनि बताए । कुनै पनि सम्झौताको लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको सहमति आवश्यक पर्नेछ । जेलेन्स्कीसँगको भेटपछि ट्रम्पले पुटिनसँग टेलिफोन वार्ता गरेको बताईएको छ ।
शान्ति योजनाका बाँकी बुँदाहरूलाई अन्तिम रूप दिन अमेरिका र युक्रेनी टोलीहरू अर्को हप्ताको सुरुमा फेरि भेट्नेछन् । जेलेन्स्कीका अनुसार प्रस्तावित २०–बुँदे शान्ति योजनामा ​​९० प्रतिशत सहमति भएको छ ।
ट्रम्पका अनुसार युक्रेनको लागि सुरक्षा ग्यारेन्टीको विषय सहमति नजिक पुगेको छ । रुसले कब्जा गरेको युक्रेनी भूमिको विषयमा सहमति हुन बाँकी छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]