केही वैचारिक सवाल
यो पनि ठिक, उ पनि ठीक अथवा प्रमुख र सहायक ठीक समयमा छुट्याउन नसक्ने अर्थात अनिर्णयको बन्दी हुनेलाई अकर्मन्यता भनिन्छ । यस्तो अवस्थालाई क्रमभंग गरी अगाडि बढ्नु नै श्रेयस्कर हुन्छ । कुनै–कुनै नेताहरु जीवनको लामो समयसम्म नैतिकवान, इमान्दार र अनुशासित भइ यात्रा शुरु गरेको इतिहास देखिन्छ । उनीहरू रांणा, राजा र निरंकुस पञ्चायती शासनको विरुद्ध विद्रोह गर्दै अहिले संसदीय गणतन्त्रसम्म आउँदा अकर्मन्यताको शिकार हुन पुगेका छन् । नैतिकता, इमान्दारीको बाटो समाउदा पूँजीवादमा जोडिन अप्ठ्यारो माने पनि एक पटक पुगी त्यहाँबाट पछि हटेर पुनः त्यहीँ जान खोज्दा मान–सम्मान, पद–प्रतिष्ठा पाउन गाह्रो र नपाउँदा सानो ठाउँमा सीमित हुन पुगेका छन् । सही सत्य बाटो यही हो । यो दुःखपुर्ण रहेको भएपनि पद, हैसियत, मानसम्मानको खोजीमा भौतारिदैछन् । कही कसैले पत्याई दिएन पत्याउने पनि कसरी ? पुरानो बाटोमा हिँड्न चाहने तर, गति अगाडि धस्कि सक्यो फेरि पनि यिनलाई हैसियत र नेतृत्व कसैले जुराइ दिनु पर्ने, स्वयम श्रम गर्न अपमान सम्झने, नबाटो छोड्ने, न हिड्ने, कसैले अगाडी जान खोज्यो भने धारे हात लगाउने, माक्र्सदेखि माओ र बाकुनीन, काउत्स्की हुंदै ट्राटस्की, गुर्बाचोब र तेंगसम्मका कुरा गर्दै सबै बुझेको दम्भ भर्ने तर माक्र्सवादमा विकास शुन्य ।
विश्वको जुनसुकै विचार सिद्धान्त चाहे धर्म होस् या राजनीतिमा विकास गरिएन भने त्यसको विनासलाई कसैले रोक्न सक्दैन । हेर्नुसन जुनसुकै धर्ममा अचेलका धार्मिक मानिसहरु कुनै विकास गर्न नसक्दा धर्मको नाममा भूmठ, ठगी, जालझेल बढिरहेको छ । जातपात पनि प्रायः लोपोन्मुख हँुदै गए पनि यसैमा त सानो, उ ठुलो जाति भनि हामी अझ पनि ज्ञान आर्जेको दावा गर्छौं ।
माक्र्सवादमा विकास नभएको हुँदा या नगरेकोले बिनास तिर धकेलिएको थियो । तर, कम्युनिष्टहरु जणशुत्रबादी होइनन र हुनु पनि हुँदैन । त्यही भएर नेकपा (माओवादी)ले रक्षाको चरणलाई छिचोल्दै माक्र्सवादमा विकास गरी दर्शन, राजनीति, अर्थ र साँस्कृतिक क्षेत्रबाट भूमण्डलीय पूँजीवादको विरुद्ध सशक्त आन्दोलनमा लागिरहेको छ । जसको परिणाम एमसीसी विरुद्धको आन्दोलनको नेतृत्व नेकपा माओवादीले ग¥यो साथै नेपाली विशेषताको समाजवादको बाटोबाट वैज्ञानिक समाजवादको लक्ष लिएको देखिन्छ ।
कम्युनिष्टहरुमा लाल र दक्षता दुबै रहनुपर्छ, कसैको दक्षताले मात्रै काम चल्दैन, न त कसैको साहसले मात्रै चल्न सक्छ । तसर्थ यी दुबैलाई सँगसँगै लिएर जानु पर्दछ । अहमता मानिसको शत्रु हो । सोच क्रान्तिकारी, ब्यवहार सामन्ति भए कसले पत्याइ दिन्छ र ?
जनशैली, जनजीवनमा स्वयमलाई नढाली आपूmलाई जति योजनाकार भएको बुझ्ने र नेतृत्व गर्न सक्ने भने पनि संघर्षबाट भागी हाल्ने लक्षण व्यवहारले निर्धारण गर्छ । निर्देशन गर्न जान्नेलाई निर्देशन पालन गर्न पनि सिक्नै पर्छ । कुल मिलाएर अकर्मन्यताबाट बिद्रोह गर्न नसक्नेले जीवन खेर जाँदैछ भनि बुझ्नु पर्ने हो । स्वयम श्रम गरौं संगठन, संगठन र पुनः संगठन नै आजको आवश्यकता हो । बनाऔं र नेतृत्व गरौं अरुले गरी देला आपूm गै भाषण ठोकी ताली खाउँला भनि बसेर ताली खाने बानी त्यागौं ।
नेतृत्व कस्तो हुनु पर्छ ?
पहिलो कुरा कम्युनिष्ट नेतृत्वले बुझ्ने विषय के हो भने उसको पछाडि लाखौं जनता हजारौं कार्यकर्ता छन् । ती सबै यही समाजबाट केही गर्न भनि कम्युनिष्ट भइ समाजलाई आमूल परिवर्तन गर्न भनि लागेका हुन्छन र नेतृत्वबाट सिक्न चाहन्छन । नेतृत्व जे बोल्छ त्यो अनिवार्य ब्यवहारबाट देखाउनु पर्छ । यदि यस्तो गरिएन भने पछाडि हिडेका कार्यकर्ता अनुशासन तोड्दै जान्छन र अराजकताको भीडमा परिणत हुन्छन । जस्तै उदाहरणको रुपमा एमाले र नेपाली कम्युनिष्ट पार्टीलाई लिन सकिन्छ । आत्मलोचना र आलोचनाप्रति हेल चत्र्mयाई कहिल्यै गर्नु हँुदैन, यो त परिवर्तनको अभिन्न अंग हो । जसले बगिरहेको पानी झै पार्टीलाई निर्मल र स्वच्छ राख्छ । घरमा एक दिन कुचो नलगाए त्यहाँ फोहर मैला जम्छ, कुचो लगाउन छोड्नु हुँदैन ।
तसर्थ ः अकर्मन्यता अथवा यो पनि ठीक, उ पनि ठीक, निर्णय लिन नसक्ने, दुविधाको राजनीतिले पूँजीवाद कै सेवा हुन जान्छ । तपाईं इमान्दार, कर्मठ र निष्ठा साथ लामो राजनीति गर्नु भयो, त्यसको ब्याज खान छोडौं यो कम्युनिष्ट पार्टीमा चल्दैन । तर, सम्मान, इज्जत त चाहिन्छ नै, बुझ्नु पर्ने विषय के हो भने सम्मान र अपमान एक अर्काको पुरक हुन । त्यसको लागी महत्वाकांक्षा त्याग गर्न सक्नु प¥यो सम्मान गर्नेको कमी हँुदैन । कैयौं ठाउँ के देखिन्छ भने पुरानोको अनावश्यक सम्मानले जुन गति पार्टीमा दिन खोजिएको हुन्छ त्यो हुन सक्दैन । ती कुराहरु बारे पुरानोले पनि स्वभाभिक पुरा गर्नु परेन ? पार्टी बिगारेको अनि बनाएकोलाई त सिकाउन पर्दैन होला नि ? अर्कातिर नयाँ भनाउँदाहरु आपूm धेरै पढेको छु जानेको छु, पुरानाहरु त घाँडो हुन्छन देखावटी सम्मान दिने गरेको देखिन्छ त्यो गलत हो । तपाईं युवाहरु वर्गीय ममताको कारखाना तयार पार्नुस, अचेल त्यसमा ह्रास आएको छ । नयाँ नेता र पुरानो नेता, महिला र पुरुष नेताबीचमा अन्तर्संबन्ध र अन्तर्विरोधसँग संगै हुन्छ । त्यहाँ देखिएको अन्तर्विरोधलाई थाती राख्दा पार्टीभित्र व्याकबाइटिंग शुरु हुन्छ यसले पार्टीलाई जीवन्त बनाउँदैन । त्यस्तै ठूलो नेताको भब्य सम्मान, पदीय जिम्मेवारी नपाएका प्रति विकर्षण, यसलाई सच्याउनुस्, होइन भने तपार्इं स्वयम दलाल नोकरशाही चरित्रलाई नजानिदो किसिमले प्रोत्साहित गरिरहनु भएको छ । धेरै जसो घर बस्ने नेताहरुसँग दुइटा घर छ, मानिस एक घर दुइटा बनाउनु भएको छ । अर्थात मेरो र हाम्रो निजी र एकीकृत यसको सम्बन्ध र विरोधलाई हल गर्न न सक्ने नेताहरु या त पुच्छरवादी या त स्वयंसँगको ठगी गरिरहेका छन् । कैयौं नेताहरुमा के देखिन्छ कि मेरो व्यक्तिगत काम पार्टीले पुरा गरेन, अमूक पार्टीले पुरा गराइ दियो, यहाँ किन बस्ने ? त्यस्ता नेताहरुले जति बुझेका छन्, त्यो कम्युनिष्ट चरित्रै होइन भनि बुझाइ दिनु प-यो ।

