आतंकवाद एव साम्राज्यवाद एउटा सिक्काका दुई पाटा

२०८२ पुष २५ गते, शुक्रबार

थाँमस सेबेस्टियन

९।११ को दूर्भाग्यपूर्ण घटना पश्चात सञ्चार माध्यमका विषय मात्र, दृश्य र छापा माध्यमबाट आउने चर्चा ‘आतङ्कवाद दुईवटा युद्ध पहिले नै लडिसकिएको छ र अफगानिस्तान र इराकका लाखौं जनता त्यसको सिकार भएका छन् । निकट भविष्यमा इरान र सिरियाका जनतामाथि आक्रमणको खतरा बन्दै गएको छ । विश्वको सिद्ध गर्न र शत्रुलाई परिभाषित गर्ने उद्देश्यले ‘आतंकवाद विरुद्ध युद्ध’ माथि निर्भर रहेको छ  । त्यसकारण कसैले पनि उक्त अवधारणालार्य हल्का रूपमा लिनु हुँदैन ।

अनुवादक ः अनिल शर्मा

आतंकवाद ः अर्थ तथा प्रकार

संयुक्त राज्य अमेरिकाको सैन्य नियमावलीमा आतंकवादलाई यसप्रकारले परिभाषित गरिएको छ, “…..धम्की, जबदस्ती अथवा भय उत्पादनद्वारा हिंसा अथवा हिंसाको धम्कीको सुझबुझपूर्ण उपयोग जो धार्मिक, राजनीतिक अथवा वैचारिक उद्देश्यको लागि गरिएको होस् ।” (संयुक्त राज्य अमेरिकाको सैन्य अपरेशन धारणा, आतंकवाद प्रतिरोध लागि कार्य वा( USA army operation Gncept for terrorism counter action, T.R.ad.O.C. Paper N. 527-37, 1984) यो परिभाषा त्यो समयमा गरिएको हो जब रोनाल्ड रेगन प्रशासनले आतंकवादप्रति आफ्नो युद्धलाई व्यापक स्तरमा बढाउँदै थिए ।

कालान्तरमा यसको प्रभाव–क्षेत्रलाई बढाइयो । पेट्रिआँट कानुनको भाग ८०२ मा भनिएको छ कि कुनै पनि व्यक्ति ‘मानव जीवनको लागि घातक’ कार्य गर्दछ भने त्यसलाई घरेलु आतंकवादमा संलग्न भएको मानिनेछ । कुनै राज्य वा संयुक्त राज्य अमेरिकाको आधिकारिक कानूनहरुको उल्लंघन, यदि तलका तीन सन्दर्भ आकर्षित हुन्छन् ः

(क) नागरिकसँग जबरजस्ती वा धम्की, (ख) जबरजस्ती वा धम्किको आधारमा सरकारी नीतिहरुलाई प्रभावित गर्नु (ग) व्यापक विनास, हत्या, अपहरणद्वारा सरकारी कार्यलाई प्रभावित गर्नु ।

विदेश सम्बन्ध परिषद् (C.F.R)  का अनुसार (अमेरिकी अभिजात्य विचारकहरुका अनुसार) विभिन्न प्रकारका कूल ६ थरी आतंकवाद छन् ः राष्ट्रवादी आतंकवाद, धार्मिक आतंकवाद राज्य प्रायोजित आतंकवाद, वामपन्थी आतंकवाद, दक्षिणपन्थी आतंकवादका यी विभिन्न रूपहरुको व्याख्या गरिएको छ । राष्ट्रवादी प्रकारको आतंकवादी आफ्नो समुदायको लागि पृथक देश बनाउन चाहन्छन् । ती प्रायः ‘राष्ट्रिय मुक्ति’को लागि संघर्ष गर्ने चाहनाले संसारको ध्यान आकर्षित गर्ने रणनीति अनुरूप काम गर्छन् । संसारले आपूmहरुलाई उपेक्षा गरेको अनुभूति गरिरहेका हुन्छन् । राष्ट्रवादी समूहलाई परिभाषित गर्न कठिन छ । किनकी यिनीहरुले आपूmलाई स्वतन्त्रता–सेनानी भन्ने गर्छन् ।

राज्य प्रायोजित आतंकवाद सिएफआरको प्रतिवेदन अनुसार आतंकवादीहरु र आतंकवादी संगठनहरुलाई प्रायोजित गरिरहेका हुन्छन् । यो विषयमा सीएफआर राज्य विभागमा निर्भर छ । अमेरिकी गृहमन्त्रालयका अनुसार आज मूलरूपमा इरानमा राज्य प्रायोजित आतंकवाद छ । क्यूवा, इराक, लिबिया, उत्तरकोरिया, सुडान र सिरियामा पनि यसलाई देख्न सकिन्छ ।

राज्य प्रायोजित आतंकवादी समूहहरुमा हिजबुल्ला (इरानद्वारा पोषित) अबुनिहाल संगठन (जुन उनीहरुका अनुसार सिरिया, लिबिया र इराकद्वारा पोषित छन् ।) र जापानी लाल सेना (Red Army) (जो मूलतः लिबियाको लागि काम गर्छ), आदि सामेल छन् । वामपन्थी आतंकवाद त्यो हो जो पूँजीवादको विरुद्ध लड्दछ र त्यसको स्थानमा साम्यवादी अथवा समाजवादी व्यवस्था ल्याउन चाहन्छन् । दक्षिणपन्थी आतंकवादी सबैभन्दा कमजोर संगठित समूहहरुमा पर्छन् र प्रायः नवनाजीवादसँग जोडिएका हुन्छन् । खासगरी १९८० मा दशकमा पश्चिम यूरोपमा दङ्गा गर्दथे । सिआरएफको दृष्टिबाट हालमा भूमण्डलीकरणको विरुद्ध चलिरहेका आन्दोलनहरुमा अराजकतावादी आतंकवादीको प्रकृतिमािथ ठोस् प्रकाश पार्न असफल छन् । परन्तु यी परिभाषाहरुले संयुक्त राज्य अमेरिकाको प्रशासनलाई; जसले कुनै पनि उनीहरुलाई अथवा उनीहरुका नीतिहरुलाई विरोध गर्नेहरुलाई आतंकवादी भन्न आधार प्रदान गर्दछ । जर्ज पाफ्रेद्वारा दिइएको परिभाषा अनुसार गरिएको वार्षिकरणलाई म बढी सही ठान्दछु । जसरी कि अमेरिकाले इस्लामी संगठनको विषयमा गरिरहेको छ । पाफ्रेका अनुसार तीन प्रकारका आतंकवादी छन्– क्रान्तिकारी आतंकवाद (क्रान्तिकारी आतंकवादी कारवाही पछि हाम्रो मस्तिष्कमा आउँछ); भातृत्वपूर्ण आक्रमणवाला आतंकवाद र मिथ्या प्रदर्शवाला आतंकवाद ।

क्रान्तिकारी आतंकवाद

सत्ताभन्दा बाहिर रहेका शक्तिहरुले सत्ताको विरुद्ध अपनाउने हिंसालाई ‘क्रान्तिकारी आतंकवाद’ भनिन्छ । यिनीहरु राज्य र राज्यका कुनै अंशद्वारा प्रभावित हुँदैन । यिनीहरु आपैmँले आक्रमण कसरी, कहिले र कहाँ आक्रमण गर्ने भन्ने कुरा निर्णय लिन्छन् । यिनीहरु त्यस्ता बुद्धिजीवीहरुको समूह हुन्छन जसमा सुधारको निम्ति भइरहेका सुस्त गतिबाट असन्तुष्ट हुन्छन् । यिनीहरु जनसंघर्ष र जन आन्दोलनबाट अलग बस्छन् । त्यसपछि प्रभावकारी हिंसाको बाटो रोज्दछन् । शासनबाट जनताको लागि प्रभावकारी भूमिका खेल्ने अपेक्षा गर्छन् । क्रान्ति सम्पन्न गर्ने यो छोटो बाटोको विषयमा उनीहरुमा के भ्रम रहेको छ भने हिंसाको सहारामा शासकलाई पदच्यूत गर्न सकिन्छ । उत्पीडतहरुलाई सार्थक सशक्तिकरण गर्न सकिन्छ ।

यसप्रकारका आतंकवादीलाई राष्ट्रिय मुक्ति आन्दोलन र उनीहरुको गुरिल्ला गतिविधिहरुबाट पृथक गरेर हेर्नुपर्छ । जसले सत्ताधारीहरु र विदेशी अतिक्रमणको विरुद्ध विद्रोह गरिरहेका हुन्छन् । जनतामा यो मुद्दामा स्पष्टताको अभाव हुन्छ । संयुक्त राज्य अमेरिकाका दुष्प्रचार कर्ताहरुद्वारा उनीहरुको लोकप्रिय आन्दोलनहरुलाई दमन गर्न र त्यसको औचित्य पुष्टि गर्न उपयोग गरिन्छ । जुन आन्दोलन उसको कठपुतली सरकारको विरुद्ध चलाइएको हुन्छ । आतंकवाद र राष्ट्रिय मुक्ति संघर्षको बीचमा फरक के भने राष्ट्रिय मुक्ति संंघर्ष हिंसात्मक रूपमा चलाइएको हुन्छ । त्यसकारण यसले सत्तारुढ सामाजिक व्यवस्थामाथि नियन्त्रण कायम गर्दछ । त्यसको विपरीत आतंकवाद माथि जनसमर्थन हुँदैन । जससँग कुनै व्यवहारिक सामाजिक संरचना हुँदैन । जसले उनीहरुलाई सुरक्षा र बनशाली बनाउन भूमिका खेबोस । वस्तुतः क्रान्तिकारी आतंकवाद पूर्णतः क्रान्तिकारी हुँदैन । किनकि यसको लक्ष्य सत्तारुढ वर्गबाट केही सार्थक परिवर्तन गर्नु मात्र हुन्छ । सत्ता प्राप्त गर्ने र सत्ता भोग गर्नबाट वञ्चित पक्षका बीचमा क्रान्तिकारी परिवर्तन ल्याउने उनीहरुसाग कुनै योजना हुँदैन ।

व्याख्या गरिएभैmँ सबै प्रकारका आतंकवाद

एकै प्रकारका हुन्छन् भन्ने आम–धारणा पाइन्छ । सापेक्षिक रूपमा कुनै सानो समूह राज्य संरचनामा परितर्वन ल्याउने कार्यको लागि सशक्त संघर्षमा लागेको हुन्छ । जब हामी कुनै ‘आतंकवादी हमला’को विषयमा सुन्छौं तब स्वतः हाम्रो मखिष्कमा एउटा धारणा बन्दछ । ११ सेप्टेम्बर २००१ को आक्रमणसँग सम्बन्धित अधिकारीक बयान अनुसार बिनलादेन र अलकायदा त्यसप्रकारको हिंसामा संलगन थिए । जसमा भनिएको छ । किन फिरौतीको बदला बदलाको भावना यो आक्रमणको प्रेरक थियो । प्रतिशोधको भावना सधैं क्रान्तिकारी आन्दोलनको अनिवार्य विशषेता हुने गर्दैन ।

‘क्रान्तिकारी आतंकवाद’ प्रति आपूmले चाहेको भाष्य निर्माण गर्ने सुविधा सत्तालाई हुन्छ । राज्यको निकाय खासगरी गुप्तचर विभागले आतंकवादी हमलालाई अर्कोको विरुद्ध प्रयोग गर्नको लागि आँखा चिम्लेर बसिरहेका हुन्छन् । आफ्नो विदेश नीति तय गर्न, जनसमर्थन प्राप्त गर्न र आफ्नो राजनीतिक विरोधीलाई अवैध घोषणा गर्न र जनसमर्थन बिना त्यसो गरिरहन्छन् ।

आतंकवाद एउटा उच्चस्तरको भूमिगत गतिविधि हो । जसलाई सीमित व्यक्तिबीच सम्बन्ध कायम गर्न संगठन आवश्यक पर्छ । यसलाई ‘कामरेड’ को रूपमा धेरै स्तरसम्म अन्धविश्वासको पनि आवश्यकता हुन्छ । जसको कारणले राज्यले यिनीहरुलाई बढाइचढाइ गरेर प्रस्तुत गर्दछ । त्यसलाई राज्यले आफ्नो दलाल बनाउने चेष्टा पनि गर्दछ ।

साम्राज्यवादको घुसपैठ गर्ने एउटा अर्को तरिका आतंकवादीहरुलाई आफ्नो दलाल बनाउन किन्ने वा मोलतोल गर्नु पनि हो । कतिपय आतंकवादीहरु आफ्नो कमजोरी थाहा पाएपछि पनि वा आपूm सिकार भइसकेको थाहा पाएपछि पनि आफ्नो परिचय यथावत राखिरहन चाहन्छन् । यिनीहरुले राज्यलाई आक्रमणको पूर्व जानकारी दिन्छन र राज्यको दलाल बन्छन् । यसको बदलामा उनीहरुलाई कानूनी कारवाहीबाट उन्मुक्तिको आश्वासन दिइन्छ । जब आतंकवादी संगठन माथि राज्यको पूर्ण नियन्त्रण हुनजान्छ; आतंकवाद राज्यको मतियार बन्न जान्छ ।

(यो लेखकको नीजि विचार हो । त्यसमा सम्पादक समूहको सहमति छैन् ।)

स्रोत ः धर्म, सत्ता और हिंसा

प्रतिक्रियाहरु

[anycomment]