प्लास्टिकजन्य सामग्री उत्पादन तथा बिक्री गर्ने दुई उद्योगलाई जरिबाना

२०८२ पुष २६ गते, शनिबार

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सरकारले तोकेको मापदण्ड विपरीत प्लास्टिकजन्य सामग्री उत्पादन तथा बिक्री गर्ने दुई उद्योगलाई कारबाही गरेको छ । विभागले ललितपुरको बालकुमारी प्लास्टिक उद्योगलाई ५० हजार रुपैयाँ र चन्द्रागिरिस्थित एटीएल प्रोडक्सन हाउसलाई ५१ हजार रुपैयाँ जरिबाना गरेको हो ।
विभागले जरिबाना गरिएका उद्योग बाहेक काठमाडौं उपत्यकाभित्रका अन्य ८ व्यावसायिक फर्मलाई पनि सचेत गराएको छ । ती फर्मलाई ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिकका झोला बिक्री वितरण नगर्न निर्देशन दिइएको छ । साथै, अन्य दुई फर्मलाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ । सरकारले वातावरण प्रदूषण कम गर्न ४० माइक्रोनभन्दा कमका प्लास्टिकका झोला उत्पादन, आयात र बिक्री वितरणमा पूर्णरोक लगाएको छ ।
विभागले नियमित बजार अनुगमन क्रममा यो नियमको पालना नभएको पाइए कानुन बमोजिम जरिबाना तथा कारबाही गरिने स्पष्ट पारेको छ।

प्रतिक्रियाहरु

[anycomment]