आज विश्वकर्मा पूजा
काठमाडौ, १ असोज ।  आज विश्वकर्मा पूजा,  विश्वकर्मा पूजाको अवसरमा देशका विभिन्न भागमा सामाग्री किन्नेहरुको भिड लागेको छ ।सर्लाहीको चन्द्रनिगाहपुर, गरुडा, कटहरिया र सदरमुकाम गौरको विभिन्न बजार र चौकमा त्रिपाल टागेर ध्वाजापाता सहित  विश्वकर्माको तस्विर बिक्रिको लागि राखिएको छ ।
बर्षभर कुनै अप्रिय घटना नहोस् भनी मेसिन तथा औजारहरुको पूजा गर्ने चलन  छ । देशका विभिन्न भागमा रहेका मजदुरहरुले  ध्वजापाताले कलकारखाना, यातायात लगायतका फलामे औजारहरुलाई सजाउने र विश्वकर्माको मुर्ति वा तस्विरमा पूजा गर्नुका साथै प्रसाद चढाउने गर्दछन् ।
पूजाको पूर्व सन्ध्यामा अहिले विभिन्न कलकारखानाका कर्मचारीहरु औजार सफा गर्न जुटेका छन् ।   विधिपुर्वक आज विश्वकर्माको पूजा गरि भोलि नजिकैको खोलामा लगेर मुर्तिलाई बगाउने गरिन्छ ।
