काठमाडौँ उपत्यकाको वायु अस्वस्थकर
काठमाडौँ । विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरका अनुसार उपकत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तीनै शहरको वायु अस्वस्थकर देखाएको हो। यो समाचार तयार पर्दासम्म वायुको स्तर काठमाडौँको १७५, भक्तपुरको १९७ र ललितपुरको पाटनको ११९ एक्यूआई मापन भएको छ। यो जनस्वास्थ्यको हिसाबले अस्वस्थकर हो । अहिले काठमाडौं विश्वके प्रदुषित शहरको सूचीमा ७ औं नम्बरमा छ । हरेक वर्ष जाडो महिनामा काठमाडौंको वायु प्रदूषण बढ्छ। यो वर्ष पनि केहिदिनदेखि वायु प्रदुषण बढ्दै गइरहेको छ।
एक्यूआईले हावामा हुने पीएम २.५ र पीएम १० भनिने सूक्ष्म कणलाई हेरेर प्रदूषणको तह निर्धारण गर्छ। वायुको अवस्था जनाउने सूचक १०० भन्दा माथि पुगेमा स्वास्थ्य कमजोर भएकाहरुका लागि अस्वस्थकर र १५० अंकभन्दा माथि पुगेमा सबैलाई अस्वस्थकर मानिन्छ। वायु अस्वस्थकर हुँदा घरभित्रै बस्न र बाहिर निस्किनै परे मास्क, चस्मा र पूरै शरीर ढाकिने कपडा लगाउनुपर्ने चिकित्सकहरुको सुझाव छ । अस्वस्थकर हावाका कारण आँखा, फोक्सो र छालामा असर गर्छ।
