भेनेजुएलामाथि अमेरिकी आक्रमण किन ?
भेनेजुएलामाथि अमेरिकाले प्रत्यक्ष सैनिकआक्रमण गरेर राष्टपति निकोलस मधुरो लाई कब्जामा लिएको छ । सो आक्रमणका पछाडी आर्थिक, राजनीतिक र कूटनीतिक दबाब प्रयोग गर्नुका गहिरा रणनीतिक कारणहरू रहेका छन् । यसको पहिलो र प्रमुख कारण भनेको भेनेजुएलासँग रहेको विश्वकै ठूलो प्रमाणित तेल भण्डार हो । तेलमाथि नियन्त्रण कायम राख्ने अमेरिकी साम्राज्यवादी दीर्घकालीन रणनीतिसँग भेनेजुएलाको राष्ट्रियकरण नीति ठोक्किन पुगेको थियो त्यसैले गर्दा अमेरिकी साम्राज्यवादले भेनेजुएला माथि आक्रमण गरेको देखिन्छ ।
दोस्रो, भेनेजुएलामा हुगो चाभेज र उनका उत्तराधिकारी निकोलस मादुरोले अघि सारेको समाजवादी शासन प्रणाली हो । यो कुरा भुमण्डलीकृत पूँजीवादी अमेरिकाले आफ्ना प्रभाव क्षेत्र भन्दा समाजवादी क्षेत्रमा भेनेजुएला सरकारहरूलाई चुनौतीका रूपमा लिँदै आएको थियो त्यसैले भेनेजुएलाको सरकार अमेरिकी साम्राज्यवादका विरुद्ध उभिँदा अमेरिका भेनेजुवाला सरकार ‘अलोकतान्त्रिक’ र ‘तानाशाही’ भन्दै अन्तर्राष्ट्रिय रूपमा अलग्याउने प्रयासमा लागेको थियो त्यो कुरा नमाने पछि आक्रमण गरेको देखिन्छ ।
तेस्रो, भेनेजुएलाको रूस, चीन र क्युबासँगको नजिकको सम्बन्ध हो किनभने ती देशहरूसँगको सहकार्यले अमेरिकी भू–राजनीतिक प्रभुत्वलाई चुनौती दिएको थियो त्यसैले गर्दा अमेरिका प्रतिबन्ध र सत्ता परिवर्तनको प्रयास र विपक्षी समूहलाई समर्थन गर्दै आएको थियो तर त्यो पनि नमाने पछि अमेरिकी साम्राज्यवाद यसरी भेनेजुएलामाथिको अमेरिकी हस्तक्षेप बढाएको थयो त्यो भनेको कारणले, आर्थिक स्वार्थ, वैचारिक संघर्ष र विश्व शक्ति सन्तुलनसँग जोडिएको देखेपछि यस्तो गरेको देखिन्छ ।
भुमण्डली पूजीवादी शासन लागू गर्ने खोज
डोनाल्ड ट्रम्पको राजनीतिक दृष्टिकोण सतहमा अमेरिका फष्र्ट” राष्ट्रवादी नारामा केन्द्रित देखिए पनि यसको गहिरो संरचना भुमण्डली पूँजीवादी शासनलाई नयाँ ढंगले बलियो बनाउने प्रयाससँग जोडिएको देखिन्छ । ट्रम्पले विश्वव्यापी बजार प्रणालीमा अमेरिकी पूँजीको वर्चस्व कायम राख्न राज्यशक्ति, सैन्यमा दबाब र आर्थिक प्रतिबन्धलाई खुला रूपमा प्रयोग गरेर त्यसलाई आफ्नो नियन्त्रणमा पर्ने खोजेको देखिन्छ ।
उनको शासनकालमा बहुराष्ट्रिय कम्पनीहरूलाई कर छुट, श्रम कानुन खुकुलो बनाउने नीति र वित्तीय पूँजीलाई संरक्षण गर्ने कदमहरू चालिए । विश्व व्यापार संगठन, जलवायु सम्झौता र बहुपक्षीय संस्थाहरूप्रति असन्तुष्टि देखाए पनि ट्रम्पको उद्देश्य भुमण्डलीकरण तोड्नु होइन, बरु त्यसलाई अमेरिकी पूँजीको पक्षमा पुनःसंरचना गर्नु र भूमण्डलीकृत पूँजी वादलाई लागू गर्ने उद्देश्य माआधारित थियो यो विषय समाजवादी देशकाहरु जस्तै भेनेजुएला, इरान, चीन जस्ता देशहरूमाथि आर्थिक प्रतिबन्ध र व्यापार युद्ध ट्रम्पको भुमण्डली कृत पूँजीवादी रणनीतिको एक हिस्सा भेनेजुएला थिए । यी कदमहरूले विकासशील देशहरूलाई अमेरिकी बजार र डलरको प्रणालीमा निर्भर राख्ने दाभवमा झल्काउँने रणनीति थियो त्यसैलाई ट्रम्प ले राष्ट्रवादको आवरणभित्र भुमण्डली पूँजीवादी शासनलाई अझ कठोर, असमान र नियन्त्रणमुखी बनाउने दिशामा अघि बढेको देखिन्छ । जहाँ समाजवादलाई होईन पूँजीको हितलाई प्राथमिकता दिने र समाजवादी पार्टी र राज्य व्यवस्थालाई आक्रमण गर्ने देखिन्छ । यो विषयले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो माथि अमेरिकी सेनाको आक्रमणबाट पुष्टि हुन्छ ।
निकोलस मादुरोमाथि आक्रमण किन ?
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोमाथि अमेरिकाले गरेको आक्रमण प्रत्यक्ष सैनिक हस्तक्षेपभन्दा बढी आर्थिक, राजनीतिक र कूटनीतिक स्वरूपको रह्यो । यस आक्रमणको मूल कारण भेनेजुएलाको समाजवादी शासन, प्राकृतिक स्रोतको राष्ट्रियकरण र अमेरिकी प्रभुत्वविरुद्धको स्पष्ट अडानसँग गाँसिएको देखिन्छ यो विषय साम्राज्यवादलाई सैया नभए पछि आक्रमण गरेको देखिन्छ ।
पहिलो र सबैभन्दा महत्वपूर्ण कारण भेनेजुएलाको तेल हो । भेनेजुएलासँग विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार छ । हुगो चाभेजको पालादेखि तेल उद्योगलाई राष्ट्रिय नियन्त्रणमा राखिँदा अमेरिकी बहुराष्ट्रिय कम्पनीहरूको पहुँच सीमित भयो । मादुरोले यही नीतिलाई निरन्तरता दिँदा अमेरिका असन्तुष्ट बन्यो र आर्थिक प्रतिबन्धलाई मुख्य हतियार बनायो ।
दोस्रो कारण वैचारिक संघर्ष हो । मादुरो सरकार समाजवादी राज्यको भूमिका र अमेरिकी हस्तक्षेपविरोधी नीतिमा आधारित छ । यो कुरा अमेरिकाले आफ्नो प्रभाव क्षेत्रमा समाजवादी शासनलाई दीर्घकालीन खतरा मान्दै आएको थियो । त्यसैले गर्दा मादुरोलाई “तानाशाह” घोषणा गर्दै सत्ता परिवर्तनको औचित्य निर्माण गर्ने तिर लागेको थियो त्यो कुरा निकोलस मादुरो बाट पुरा नहुने भएपछि उसले नयाँ फौजी रणनीति बनाएर लगेको देखिन्छ । यो कुराको बारेमा समाजवादी देशहरुले बेलैमा नसोच्ने हो भने आगामी दिनहरुमा समाजवादको यात्राहरु निकै गाह्रो हुने देखिन्छ ।
तेस्रो कारण भू–राजनीतिक हो । भेनेजुएलाको रूस, चीन, इरान र क्युबासँगको नजिकको सम्बन्धले अमेरिकाको ल्याटिन अमेरिकामा रहेको प्रभुत्वलाई चुनौती मानेको र दिइएको देखो विशेषगरी रूस र चीनको लगानी र सैन्य सहकार्य अमेरिकाका लागि असहज भएको थियो त्यसैले गर्दा आज जसरी पनि भेनेजुएलालाई झुकाउने र दवाव दिने रणनीति बनाएको देखिन्छ ।
यो विषय राजनीतिक आक्रमणको रूपमा अमेरिकाले विपक्षी नेता हुआन ग्वाइदोलाई “अन्तरिम राष्ट्रपति” को रूपमा मान्यता दियो ।
यो कदम भेनेजुएलाको सार्वभौमिकतामाथिको प्रत्यक्ष हस्तक्षेप थियो । साथै, कडा आर्थिक प्रतिबन्धले जनजीवन प्रभावित पार्दै सरकारविरुद्ध जनअसन्तोष बढाउने रणनीति अपनाइयो त्योले पनि काम नगरे पछि सन् २०१८ को ड्रोन आक्रमण प्रयास र निरन्तर सैन्य धम्कीहरूले मादुरो सरकारमाथि भौतिक दबाबसमेत सिर्जना ग¥यो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममार्फत मादुरोलाई असफल शासकका रूपमा चित्रण गरिनु पनि आक्रमणकै एक खतरानाक रूप थियो ।
यसरी, निकोलस मादुरोमाथिको अमेरिकी आक्रमण समाजवादी लिकन्त्रको नाममा गरिएको भए पनि यसको वास्तविक उद्देश्य भेनेजुएलाको स्रोत, राजनीति र भू–रणनीतिक नियन्त्रण कायम राख्नु रहेको देखिन्छ । यो संघर्ष पूँजीवादी प्रभुत्व र समाजवादी प्रतिरोधबीचको व्यापक अन्तर्राष्ट्रिय द्वन्द्वको प्रतीकको रुपमा आएको देखिन्छ ।
मादुरोमाथिको आक्रमण समाजवादमाथिको प्रहार
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोमाथि भएको आक्रमणलाई केवल एक शासक वा सरकारविरुद्धको कारबाहीका रूपमा बुझ्नु अपूर्ण हुन्छ । वास्तविकतामा यो आक्रमण समाजवादी विचारधारा,कम्युनिष्ट हरूको वैकल्पिक आर्थिक मोडेल र अमेरिकी प्रभुत्वविरुद्ध उभिएको राजनीतिक धारामाथिको संगठित सैद्न्तिक वैचारिक प्रहार हो भने मादुरो त यसको प्रतिनिधि पात्र मात्र हुन् ।
हुगो चाभेजको नेतृत्वमा सुरु भएको बोलिभेरियन समाजवादी परियोजनाले तेलजस्ता प्राकृतिक स्रोतलाई राज्यको नियन्त्रणमा राख्दै शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा लगानी बढायो । यसले गरिव तथा श्रमिक वर्गलाई सशक्त बनायो, तर अमेरिकी बहुराष्ट्रिय कम्पनी र पूँजीवादी शक्तिहरूका लागि यो अस्वीकार्य बन्यो । मादुरोले यही समाजवादी मार्गलाई निरन्तरता दिँदा उनी लक्षित आक्रमणको केन्द्र बन्नु भाइको हो ।
अमेरिकाले मादुरोमाथि लगाएको आर्थिक प्रतिबन्ध, राजनीतिक अलगाव र सत्ता परिवर्तनको प्रयास वास्तवमा समाजवादी शासनलाई असफल देखाउने रणनीति हो भने अर्थतन्त्र कमजोर बनाइ जनजीवन कष्टकर पार्नु र त्यसको दोष समाजवादमाथि थोपर्नु यो आक्रमणको मुख्य उद्देश्य देखिन्छ ।
विपक्षी नेतालाई समर्थन गर्दै “अन्तरिम राष्ट्रपति” घोषणा गर्नु भेनेजुएलाको सार्वभौमिकतामाथिको प्रत्यक्ष हस्तक्षेप थियो त्यो कुरा निकोलसले नमाने पछि अमेरिकाले मिडिया युद्ध पनि यस आक्रमणको महत्वपूर्ण पक्ष बनाएर अर्को युद्ध अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले मादुरो सरकारलाई एकपक्षीय रूपमा तानाशाही र असफल राज्यका रूपमा चित्रण गर्दै समाजवादलाई नै दोषी ठहर गर्ने वातावरण निर्माण गरेका गरेको थियो ।
यसरी हेर्दा, मादुरोमाथिको आक्रमण कुनै व्यक्तिगत शासन त्रुटिको परिणाम होइन, बरु भुमण्डली पूँजीवादी शक्तिहरूले समाजवादी विकल्पलाई समाप्त पार्न गरेको रणनीतिक हमला हो । यो संघर्ष भेनेजुएलाको मात्र नभई विश्वभरका कम्युनिष्टका नेता र समाजवादी व्यवस्थालाई समाप्त पर्ने र पूँजीवादलाई कायम राख्ने भन्ने गहिरो वैचारिक द्वन्द्वको प्रतीक हो भेनेजुएला माथिको अमेरिकी आक्रमण ।
अमेरिकी आक्रमणविरुद्ध समाजवादी देशहरूको एकता अपरिहार्य
विश्व राजनीति आज पुनः ध्रूवीकरणतर्फ उन्मुख हुँदै गएको छ । अमेरिकी साम्राज्यवादले आफ्नो आर्थिक, सैन्य र राजनीतिक वर्चस्व कायम राख्न विभिन्न देशहरूमा प्रत्यक्ष वा अप्रत्यक्ष आक्रमण गरिरहेको छ । विशेषतः समाजवादी वा स्वतन्त्र नीतिमा अडिग देशहरू अमेरिकी निशानामा पर्दै आएका छन् । भेनेजुएला, क्युबा, उत्तर कोरिया, सिरिया नेपाल जस्ता देशहरू यसका ज्वलन्त उदाहरण हुन् ।
यस्तो अवस्थामा समाजवादी देशहरूका लागि अलग–अलग उभिनु आत्मघाती सावित हुन सक्छ । अमेरिकी आक्रमण केवल एउटा देशमाथिको मात्र हुँदैन, यो सम्पूर्ण कम्युनिष्ट र समाजवादी विचारधारामाथिको आक्रमण हो । त्यसैले यसको प्रतिरोध पनि सामूहिक हुन जरुरी छ । आपसी एकता, सहकार्य र साझा रणनीतिबिना साम्राज्यवादी अमेरिकी शक्तिसँग सामना गर्नु सम्भव छैन यो कुरा भेनेजुएलाका राष्टपति निकोलसलाई गरेको मात्र होइन सिगै विश्वासका कम्युनिष्ट पार्टी र समाजवादी देशहरू एक ठाउँमा आउँदा मात्र राजनीतिक दबाब सिर्जना गर्न, वैकल्पिक आर्थिक संरचना विकास गर्न र सैन्य–कूटनीतिक सन्तुलन कायम गर्न सकिन्छ । अन्तर्राष्ट्रिय मञ्चमा साझा आवाज उठाउनु नै अमेरिकी साम्राज्यवादको हस्तक्षेप रोक्ने प्रभावकारी हुन् सक्छ ।
अमेरिकी आक्रमणको विरुद्ध समाजवादी देशहरू एकताबद्ध हुनुको वैकल्पिक विकल्प छैन, यो ऐतिहासिक आवश्यकता हो । एकता नै प्रतिरोधको सबैभन्दा बलियो हतियार हो । यो कुरा नेपालबाट सुरू गर्नु पर्दछ । यसको लागि नेपाल कम्युनिष्ट पार्टी माओवादीले सुरुवात गरेको नयाँ कार्यदिशा एकीकृत जनक्रान्ति र नयाँ कम्युनिष्ट केन्द्र निर्माण हो । यसबाट मात्र अमेरिकी साम्राज्यवादी हस्ताक्षेपलाई अन्त्य गरी समाजवादी राज्य सत्ता र वैज्ञानिक व्यवस्था दिन सकिन्छ ।

