कोइला खानी भत्किंदा ३ जनाको मृत्यु

२०८२ माघ २ गते, बिहीबार

काठमाडौँ । भारतको पूर्वी राज्य पश्चिम बंगालमा खुला कोइला खानी (ओपन–कास्ट कोल माइन) भत्किंदा ३ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएकाे छन् । स्थानीय सरकारी अधिकारीले उक्त घटनाको पुष्टि गरेका छन् । प्राप्त जानकारी अनुसार साेही दुर्घटना पश्चिम बंगालको आसनसोल शहर नजिकै भएको हो । खानीबाट मृतकहरूको शव निकालिएको छ । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको जनाइएकाे छ । अस्पताल स्रोतका अनुसार घाइतेहरूको अवस्था खतरामुक्त र स्थिर रहेको छ ।- एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]