साम्राज्यबादको नाङ्गो नाचबिरुद्ध सम्पूर्ण उत्पीडित राष्ट्र र जनता भेनेजुएलाको साथमा

२०८२ माघ ५ गते, आईतवार
लोकनारायण सुबेदी



बिश्वलाई अग्रेजी नयाँ बर्ष २०२६ को उपहार अमेरिकी साम्राज्यबादद्वारा एउटा सार्बभौम राष्ट्र भेनेजुएलामाथिको खुलेआम नग्न हस्तक्षेप बन्न पुग्यो । त्यसपछि यता पनि अमेरिकी साम्राज्यबादले कोलम्बिया, क्यूवा, मेक्सिको, ग्रिनल्याण्ड र ईरान लगायतका राष्ट्रहरुलाई आक्रमण र अतिक्रमण गर्ने धम्की दिइरहेको छ । बिश्व २१औ. शताब्दीको तेश्रो दशकमा पुग्न लागेको र बिज्ञान प्रबिधिले बिश्वलाई पहिलेभन्दा धेरै निकट तुल्याइसकेको अबस्थामा पनि बिश्वमा साम्राज्यबादी नब औपनिबेशिक हर्कतका यस्ता मिचाहा उद्दण्ड एकपछि अर्को दुष्कार्य भने हुन छाडेका छैनन् । साम्राज्यबाद स्थल, जल, नभ सर्बत्र आफ्नो कब्जामा लिने अगस्थी भोकले आक्रान्त छ यसका लागि बिश्वमा जुनसुकै अमानबीय, अमान्य र आततायी दुष्कार्य गर्न पनि पछि पर्दैन भन्ने कुरा पुनः प्रष्ट भएको छ ।
बास्तवमा जतिबेलादेखि संयुक्त राज्य अमेरिका एउटा साम्राज्यबादी देशमा परिणत भयो त्यसयता सम्पूर्ण इतिहासमा एक पछि अर्को यस्ता अरु देशको सार्बभौमिकता, अखण्डता र स्वाधीनतालाई निर्धक्क र बेशर्मीकासाथ कुल्चिने काला हमलाकारी कुकृत्य गर्न नचुकेको इतिहास यसले कायम गर्दै आएको छ । यस क्रममा उसले बिश्वका राष्ट्र समुदायलाई एक पछि अर्को अनेक फत्तुर लगाउने, झूटा तथ्यहीन कुरा उठाएर निहुँ खोज्ने र असत्य कुरा उरालेर हस्तक्षेप गर्ने बहाना बनाउने गर्दै आएको छ । यस कुरामा बर्तमान अमेरिकी राष्ट्रपतिले आफ्ना पूर्बबर्ती शासकहरु सबैलाई उछिनेका छन् र धेरै पछाडि पारेका छन् ।
बिगतलाई पनि कोट्याउने हो भने त २०औं शताब्दीको पूरै बिश्व इतिहास साम्राज्यबादीहरुको काला कुकर्महरुबाट भरिएको पाइन्छ नै । यता २१औं शताब्दीका पनि अहिले पनि जति बर्ष बितेका छन् त्यत्तिकै अमेरिकी साम्राज्यबादका कुकृत्यहरुको गणना पनि भइरहेको छ । इराक, अफगानिस्तान, लीबिया, सुडान, सोमालिय, सीरिया,यूक्रेन, ईरान, प्यालेस्टाइन लगायत यतिखेर आएर भेनेजुएला यसको शिकार र आक्रान्त बनेका छन् । अन्य देशमा पनि अमेरिकी साम्राज्यबादले यस्तै आततायी हमला गरेर तिनलाई आफ्नो अधिनस्थ तुल्याउन उद्यत छ । अहिले पछिल्लो पटक इरान र ग्रिनल्याण्डमाथि अमेरिकी साम्राज्यबाले दबाब र अतिक्रमण गर्न उद्यत भएको देखिदैछ । उसका नाटोका नातेदार देशहरु पनि त्यसको खिलाफमा खडा हुन बाध्य हुदै गएको देखिएको छ ।
ल्याटिन अमेरिकी महादेशमा स्थित भेनेजुएला बिश्वमै खनिज तेल सबैभन्दा बढी भएको एउटा स्वाधीन र सार्बभौम देश हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यो सार्बभौम देशलाई जबर्जस्ती कुल्चिने काम मात्र गरेनन् उनले त बिश्वभरीका देशहरुलाई कुनै अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्र संघको बडापत्र र राष्ट्रहरुको सार्बभौमिकताको सिद्धान्त सबैलाई खुलेआम धज्जी उडाउँदै कानुन, संस्था, नियम, मूल्य, मान्यता, कुटनीति आदि कुनै कुरा कुल्चिन बाँकी राखेनन् । त्यसैले यो भेनेजुएलामाथि भएको आक्रमण र हमला केवल भेनेजुएलमाथि मात्र भएको नभई ल्याटिन अमेरिकी देशहरु समेत तेश्रो बिश्वका हरेक देशहरुमाथिको हमला बन्न गएको छ । यसरी नै यो दोश्रो बिश्व युद्ध पछि पूँजीवादी बिश्वमा बनेको अन्तर्राष्ट्रिय संस्थाहरु,सहमतिहरु, सम्झौताहरु र बिश्व मान्य अन्तर्राष्ट्रिय कानुनहरुमाथिको समेत ठाडै हमला हो भन्ने कुरा बिश्वभरी नै आज एकदमै प्रष्ट भएको छ ।
भेनेजुएला ल्याटिन अमेरिकी महादेशको एउटा यस्तो देश हो जोसँग तेल, प्राकृतिक ग्याँस तथा अन्य महत्वपूर्ण अति सुक्ष्म दुर्लभ खनिज पदार्थहरुको बिशाल भण्डार छ । त्यो देशसँग ३०३ अर्ब ब्यारेल तेलको जुन भण्डार छ त्यो बिश्वकै सबभन्दा बिशाल तेल भण्डार रहेको तथ्यांक छ । अमेरिकी साम्राज्यबाद त्यसै तेल भण्डारलाई कसैगरी पनि हात पार्न चाहन्छ । यो कुटील अमेरिकी स्वार्थका बिरुद्ध भेनेजुएली जनता बारम्बार खडा हुँदै र संघर्ष गर्दैआएको छन् । पूरै ल्याटिन अमेरिकामा जस्तै भेनेजुएलमा पनि अमेरिकी साम्राज्यबादप्रति ठूलो बिरोध, रोष र उसको थिचोमिचोप्रति अत्यन्तै ठूलो घृणा रहेकोछ । अनि भेनेजुएलाको इतिहास पनि झण्डै दुइ शताब्दी पुरानो छ । भेनेजुएलामा लामो समयसमम संयुक्त राज्य अमेरिकाको नब उपनिबेश रहेको थियो । १९७६ मा भेनेजुएलाले तेल उद्योगको राष्ट्रियकरण गरेको थियो । ह्यूगो चाभेजको कार्यकाल(१९९९–२०१३)मा अमेरिकाको बहुराष्ट्रिय तेल कम्पनीहरुको भूमिकालाई त्यहाँ अन्त्यतः सीमित तुल्याइयो। त्यसपछि त्यहाँ एक दुइ अमेरिकी कम्पनीले मात्र काम गर्दै आएका थिए ।
बामपन्थी नेताहरु ह्यूगो चाभेज र निकोलस मदुरोको शासनकामा भेनेजुएला अमेरिकी साम्राज्यबादीहरका लागि आँखाको कसिंगर रहँदै आएको थियो । उनीहरु दुबैले अमेरिकाकोे साटो रसियाली, चिनीया देशहरु र यूरोपेली साम्राज्यबादीहरुसँग पनि निकट र गहिरो सम्वन्ध कायम गर्न पुगे । यसमा अमेरिकी साम्राज्यबादको के कोशिश थियो भने उसले कुनै पनि किसिमले चाभेजलाई सत्ताबाट हटाउने । तर उसले यस षडयन्त्रमा सफलता पाउन सकेन । चाभेजको मृत्यु पछि अमेरिकाले सोचेको थियो कि शायद मदुरोको कार्यकालमा यो भेनेजुएला कब्जा गर्न सफलता पाउने छ । जुन सफलता चाभेजको समयमा पाउन सकेको थिएन । तर मदुरोलाई पनि जब अमेरिकी साम्राज्यबादले कुटील र योजनाबद्ध षडयन्त्र अपनाउदा पनि हटाउन नसके पछि ३ जनवरी २०२६ का दिन राष्ट्रपति मदुरो र उनकी पत्नी प्रथम महिला फ्लोरेन्सलाई एका आक्रामक र नग्न सैन्य कारबाही गरेर जबर्जस्ती अपहरण गरेर अमेरिका लिएर गयो । त्यस आक्रमणका क्रममा भेनेजुएलाका सेना लगायत धेरै मानिसको हत्या गरिएको थियो भने क्यूबाका ३२ जना सुरक्षा कमाण्डोका जवानहरुको आततायी हमलामा मारिएका थिए । अहिले त डानाल्ड ट्रम्प खुलेआम घोषणा गरिरहेका छन् कि उनी भेनेजुएली तेल भण्डारको मालिक हुन् र उनले नै भेने जुएलाको शासन सञ्चालन गर्नेछन् । उनी दम्भपूर्बक के घोषणा गरिरहेका छन् भने उनलाई कुनै अन्तर्राष्ट्रिय कानुनको कुनै मतलब छैन । अहिलेका अमेरिकी राष्ट्रपतिहरु जुन हस्तक्षेपकारी आक्रमण अपरोक्ष किमिले लुकीछिपी गर्ने गर्दथे त्यो काम अहिले डोनाल्ड ट्रम्प कुनै लाज शरम नमानी नाङ्गो किसिमले गरिरहेका छन्
यतिबेला भेनेजुएलाको स्वतन्त्रता तथा सम्प्रभूतामाथि भएको यो नग्न आक्रमणको बिश्वमा चारैतिरबाट निन्दा र भत्र्सना भइरहेको छ । कोही कोही शाकहरु मात्र मौन या तटस्थ बसको बहानामा प्रकारान्तरले ट्रम्पको पक्षमा परोक्षरुपमा खडा भएका देखिन्छन् । इज्रायलका प्रधानमन्त्री मात्र निर्लज्जरुपमा उनको पक्षमा खडा भएका छन् । अझ बिशेष कुरा त के भने ट्रम्पको यस भेनेजुएलामाथि भएको आक्रमण र अतिक्रमणको संयुक्त राज्य अमेरिकामा नै सबैभन्दा बढी बिरोध र भत्र्सना भइरहेको छ । त्यहाँ बिरोधमा बिशाल जुलुश र बिरोध सभाहरु भइरहेका छन् । ।मदुरो दम्पत्तिलाई तुरुन्त बिनाशर्त रिहा गर्न माग गरिरहेका छन् । भेनेजुएलामा पनि यसको घोर बिरोध भइरहेको छ। ीबशवमा यूरोप, एशिया, अष्ट्रेलिया तथा अफ्रिका प्रायः सबै भागमा अमेरिकी साम्राज्यबादले गरेको नाङ्गो आक्रमणको तीब्र नन्दा र भत्र्सना भएको छ ।
अहिले भेनेजुएलाकी कार्यबाहक राष्ट्रपति डेल्सी रोड्ररोजले दुइतर्फी चाल चलेको जस्तो देखिदैछ । एकातिर न उनले भेनेजुएलाका जनतालाई शान्त तुल्याउनका निम्ति उग्र बक्तब्यबाजी पनि गरिरहेकी छन् भने अर्कोतिर अमेरिकी साम्राज्यबादीसँग लुकीछिपी सुलह सम्झौता पनि गरिरहेकी छन् । उनले अमेरिकी साम्राज्यबादीका कयौं मागहरु स्वीकार गरेको पनि देखिदैछ ।उनले बिपक्षी राजनीतिक नेताहरुदेखि लिएर कयौं एनजीओ आईएनजीओका कर्ताधर्ता र अभियन्ताहरुलाई समेत जेलबाट रिहा गरिरहेकी छन् । भेनेजुएलाकी जुन नेता मारिया कारीना मचाडोलाई शान्ति नोबेल पुरष्कार प्राप्त भएको थियो उनलाई ट्रम्पले एकजना प्यादाकारुपमा प्रयोग ग¥यो भने अब अमेरिकाले उनलाई भेनेजुएलाकी एउटी कठपुतली शासक बन्न पनि लायक मानिरहेको छैन । मचाडोको कठपुतली शासन बन्न पनि अमेरिकाको सहयोग बिना सम्भब छैन । त्यसले उनले पाएको नोबल पुरष्कारको पदक समेत उनले ट्रम्पलाई सुम्एिर समर्थन लिन खोजेको देखिदैछ ।
यतिबेला भेनेजुएली समाजमा ब्यापकरुपमा बर्गीय तथा सामाजिक अन्तरबिरोध चर्किएको तनाब पूर्ण स्थिति छ । हुन त ह्यूगो चाभेज, निकोलस मदुरो र अहिलेकी रोड्रीगेज शासक बर्गको त्यस हिस्साको प्रतिनिधित्व गरेको मानिन्छ जसले भेनेजुएलालाई अमेरिकी साम्राज्यबादको छायाबाट मुक्त गर्न आफ्नो देशको महत्वपूर्ण तेल सम्पदाको बलमा आफ्नो राष्ट्रिय हितलाई सबल तुल्याउन चाहन्छन् । ती नेताहरुले आफ्नो जनाधार कायम राख्नका लागि समेत कतिपय कल्याणकारी योजनाहरु लागु गरेको र अमेरिकी साम्राज्यबादको दादा गिरिएको बिरोध गरेको पनि देखिदै आएको हो । तर उनीहरुको बिपक्षमा रहेको भेनेजुएलाको दक्षिाणपन्थी शासक बर्ग भने अमेरिकाको पुरै समर्थक रहँदै आएको छ । चाभेज र मधुरोको समयमा त्यो दक्षिणपन्थी शक्तिका राजनीतिक तथा सामाजिक शाख निकै कमजोर रहेको पनि देखिएको हो । त्यसैले अमेरिकाले पडयन्त्रकारी किसिमले पनि ती आफ्ना कठपुतलीलाई शासन सत्तामा बसाउनु पाएन । त्यसैले उसले सिधै र नाङ्गै सैनिक हस्तक्षेप गरेर भेनेजुएलाको स्वाधीनता, स्वतन्त्रता र सार्बभौमिकताको बलात्कार गरेर मधुरो र उनकी पत्नीलाई अपहरण गर्दै आफ्नो षडयन्त्र पूरा गर्न पुग्यो ।
वास्तवमा भेनेजुएलाको श्रमजीवी बर्ग साम्राज्यबाद र साम्राज्यबाद परस्त दक्षिणपन्थी देशी बिदेशी प्रतिकृयाबादी शक्तिको चंगुलमा फस्ने खतरा फेरि पनि यसरी कायम रहेकै छ । बिशाल तेल भण्डार अन्य बहुमूल्य खनिज सम्पदाको धनी हुदाहुँदै पनि त्यहाँको सर्बसाधारण जनताको जीवनमा अपेक्षाकृत बढोत्तरी हुन नसकेको स्थिति छ । गरीबी, बेरोजगारी, अभाव र महँगीले त्यहाँको जन जीवन आक्रान्त नै रहेको छ । अमेरिकाले त्यहाँको खनिज भण्डार कब्जा गरिसके पछि त्यहाँका सर्ब साधारण जनताको जीवन अझ नाजुक र नारकीय हुने खतरा बढिरहेको छ । त्यसैले साम्राज्यबाद र स्थानीय प्रतिृकयाबाद दलाल पूँजीवादका बिरुद्ध जनता सशक्त संयुक्त आन्दोलनमा उत्रिनु बाहेक अरु कुनै बिकल्प त्यहाँ छैन । भेने जुएलाको स्वाधीनता र स्वतन्त्रता जोगाउन र शतत रक्षा गर्ने उपाय यो बाहेक अर्को छैन ।
बिसौं शताब्दीको त्यहाँको इतिहास अमेरिकी साम्राज्यबादको हमला र कब्जाको इतिहास भए पनि अमेरिकाले पटक पटक ठूलो हार खानु परेको र भाग्नु परेको इतिहास पनि जीवन्त छ । भियतनामले एक पटक अमेरिकालाई राम्रैसँग लखेटेर बिश्व साम्राज्यबादको पराजय बिश्वलाई देखाइदिएको थियो । त्यसले कुनै पनि देशका श्रमजीवी जनता खाशगरी मजदुर किसान अन्य सबै श्रमजीवी जनता सचेत, संगठित र सही किसिमले संघर्षशील बन्छन् भने तिनले आफ्नो राष्ट्र र आफ्नो रक्षा र समुन्नतिका लागि अपूर्ब भूमिका खेल्न सक्दछन् भन्ने कुराको साक्षी इतिहास पटक पटक बनेको छ । जनताले हार खाए पनि उनीहरु अन्तिमसम्म लड्छन् तर हार मान्दैनन् भन्ने कुरा बिश्वमा बिभिन्न देशका जनताको संघर्षले दर्शाएको छ । अब उत्पीडित भेनेजुएला र त्यहाँका श्रमजीबी जनताले पनि जसरी बिश्वभरीका जनताको सहानुभूति र समर्थन पाइरहेका छन् अबश्य बिजय प्राप्त गरिछाड्ने छन् र साम्राज्यबादलाई परास्त गर्ने र लखेट्ने छन् भन्ने बिश्वास गर्न सकिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]