बालबालिकालाई पोलियो खोप दिइदै

२०७१ आश्विन २ गते, बिहीबार


काठमाडाै, २ असाेज । सरकारले आजदेखि पोलियो रोग विरुद्ध पोलियो थोपासंगै नयाँ खोप कार्यक्रम सुरु गरेको छ । आईपिभी नामक यो खोप जन्मेको १४ हप्तासम्मको बच्चालाई दिईनेछ । यो खोप लगाएमा बच्चा पोलियो रोगबाट पूरै सुरक्षित हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बच्चालाई खुवाइने ओपिभी पोलियो थोपासँगै आइपिभी खोपले रोगविरुद्ध लड्न थप प्रतिरोधात्मक शक्ति प्रदान गर्ने बालस्वास्थ्य महाशाखाका प्रमुख डाक्टर श्यामराज उप्रेतीले बताउनुभयो । दक्षिणपूर्वी एसियाका ११ देशमध्ये खोप प्रयोगमा ल्याउने नेपाल पहिलो देश हो ।
पोलियो, पोलियो भाइरसबाट हुने सरुवा रोग हो । पोलियो लागेमा ज्वरो आउने, रुघाखोकी लाग्ने, टाउको दुख्ने, पेट दुख्ने, बान्ता आउने, हातखुट्टा दुख्ने जस्ता लक्षण देखा पर्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु