नेपाली राष्ट्रियता र आत्मनिर्णयको अधिकार

२०८२ माघ ७ गते, मंगलवार

बिनोद सी

नेपालको नामाकरण पछि यहाँ थुप्रै राष्ट्रियताको अस्तित्व रहेको कुरालाई हामीले भुल्दै गएका छौं । हाम्रो प्रिय देश नेपाल र यहाँ रहेको थुप्रै गणराज्यहरुमा राजा हुने परम्परा अनुसार यो देश थुप्रै राष्ट्रको एउटै फुलको थुङ्गा हुनु पदथ्र्यो तर, यहाँ २२औं, २४औं राष्ट्र बन्न गयो । त्यो हुनुको पछाडी रुसको दिवंगत भुपु राष्ट्रपति जोसेफ ष्टालिनको परिभाषा अनुसार राष्ट्र बन्नको लागी निश्चित भुगोल, समान भेषभुषा समान संस्कृति, र समान रहनसहनको परिस्थितिले अनिवार्य रुपमा एउटा राष्ट्रको जन्म हुन पुग्छ । नेपालमा कैयौं गणराज्य हुन पुगेकोमा दुई मत हुनु हँुदैन यसरी नै नेपाल रहेको थियो । यहाँ अवध भोजपुरा मिथिला, किरात, शाक्य, मगरात, तामाङ्ग शालिनग नेवा खल आदि इत्यादि गणराज्यहरु रहेको थियो । यी गणराज्यहरु एकआपसमा नमिलेको कारण आपसी कलहले कमजोर हँुदै गएको अवस्था एकातिर थियो भने बाह्य शक्तिहरु आ–आफ्ना सीमा विस्तार गर्दै गएका थिए । त्यसबेला नै गोर्खा जिल्लामा रहेको बलशाली राजा पृथ्वीनारायण शाहले परिस्थितिको आँकलन गरी नेपाल भित्र रहेको थुप्रै राष्ट्रहरुलाई बल प्रयोग गरी एउटा नेपाल बनेको थियो, जुन अध्यावधि कायम छ । तर, बिडम्बना इतिहासकारहरु कैयौं तथ्यलाई तोडमरोड गरी आ–आफ्नो किसिमले नेपालको इतिहास बनाएका छन् । परिणाम यही देशको आदिबासीहरु आफ्नो परम्परा आफ्नो राष्ट्रियताबाट बञ्चित पारिएका छन् । किनभने राजा पृथ्वीनारायण शाहले गरेको भौगोलिक एकीकरण मात्रै थियो । न कि राज्यको पूर्ण संरचनाको एकीकरण, जसको कारण पुरै नेपालको अभिभावकत्व ग्रहण गर्न सकेनन । एकमात्र शक्तिको बलमा राज्य सञ्चालन हुँदै जाँदा एकल भाषा एकल भेषभुषा अपनाउन नेपालीहरु बाध्य पारिए । त्यही भएर भन्ने गरिन्छ कि खस भाषाभाषीहरु आदिवासीहरुको मान मर्दन गर्दै गए र मधेशी थारुहरु अहिले पनि मनभित्रैबाट आपूm नेपाली रहेको अनुभूत गर्न दकस मान्छन ।

उपरोक्त कुरा कै सेरोफेरोमा नेपालको राष्ट्रियलाई बुझ्ने र बुझाउनेहरु विगतदेखि असफल रहेको थिए, त्यही भएर २०५२ सालदेखि नेपाल कम्युनिष्ट पार्टी (माओवादी)द्वारा सञ्चालित महान जनयुद्धले आत्मनिर्णयको अधिकारको कुरालाई उठाई सबै आदिवासीहरुको आँखा खोली दियो र त सम्पुर्ण ८०% नेपाली जनता जनयुद्धको पक्षमा उभिएका थिए र गाउँ गाउँमा आफ्नै राज्य सत्ता निर्माण गर्दै गएका थिए । यही देखेर विरोधीहरुले माओवादीहरुलाई सत्तोसराप दिँदै जातजातिको कुरा उठाएको आरोप पनि लगाएका थिए । माओवादीलाई जनताबाट कटाउन धर्म मान्दैन भनि नास्तिक रहेको प्रचार गरेका थिए । आज आएर त झन् माओवादी कै कारण सबै उद्योग विकास चौपट भयो भन्ने फत्तुर कुरा गरी विदुपी करण गर्छन । तर त्यसबेला गाउँमा झुठो बोल्ने, ठगी गर्ने जुवातास खेल्न नपाउने नेपालका सबै उत्पीडितहरु खुसी र सुखी बन्दै गएका थिए किनभने उनका एकमात्र सहारा माओवादी थिए । तर, आज त्यही माओवादी झण्डा उठाइ पुरै बदनाम गरी गराइ पलायन भए सच्चा इमान्दार देशभक्त र विकास समृद्धीको हुटहुटी बोकेका माओवादीले दुःखपूर्ण जीवन सहीदहरुको सपना र अधुरो क्रान्ति पुरा गर्न नितान्त नौलो बाटोबाट अगाडी बढिरहेको छ । सर्वप्रथम पराश्रित मानसिकताले शहीदको सपना पुरा गर्न सकिन्न भनेर नेतादेखि कार्यकर्तासम्म माटोमा पसिना बगाउँदै शान्तिपुर्ण बाटो अवलम्बन गरे आवश्यक्तामा एकीकृत क्रान्तिको झण्डा बोकी शान्तिकालमा समेत पार्टीमाथिको प्रतिबन्ध भोग्दै दर्जनौको सहादत दिंदै अगाडी बढ्दै गएका हुन र आज झन राष्ट्र र नेपाली जनताको मान सम्मान र नेपाल आमाको अस्मिता जोगाउन राज्यको पुनर्संरचनाको कुरा उठाएका छन् ।

हामी आदिवासीहरु जसरी महान जनयुद्धमा समर्पित थियौं, त्यसरी नै आज आफ्नो आत्मनिर्णयको अधिकार पाउन या लिन राज्यको पुनर्सरचनाको लागी नेपाली जनताको अभिभावक नेपाल कम्युनिष्ट पार्टी(माओवादी) र यसका इमान्दार नायक विप्लव र प्रकाण्डलगायतका साथ दिनु र आफ्नो भाषा संस्कृति संस्कार भुगोललाई संरक्षित गर्दै बाह्य दुश्मन विरुद्ध संघर्ष गर्न अनिवार्य भइसकेको छ । यदि तपाईं हामीमा साँच्चैको नेपालीपना छ भने प्रथम देशको रक्षा संगै आफ्नो स्वतन्त्रताको लागी तत्काल नेपाली विशेषताको समाजवादमा आत्मनिर्णयको अधिकार लेखाउन राज्यको पुनर्संरचना गरौं । आत्मनिर्णयको अधिकारको अर्थ छुट्टिने पाउने अधिकार पनि हो भनि हेक्का राख्नै पर्दछ त्यही भएर नेपाललाई बलियो बनाउन एकल नेपाल नीति अन्तर्गत राज्यको पुनर्संरचना अनिवार्य रहेको देखिन्छ ।

सारांसमा नेपाली जनता माथि दुइटा पहाणको बोझ लादिएको छ प्रत्यक्ष रुपमा अमेरिकी सरकार परोक्ष रुपमा भारतीय सरकार दोश्रो दलाल नोकर शाही राज्यसत्ता यी दुबैलाई परास्त नगरी हाम्रो आत्मनिर्णयको अधिकार संगै उत्पीडित जाति क्षेत्र लिङ्गीय र विभेदित नेपालीहरुको मुक्ति सम्भव छैन तसर्थ आज सर्वपक्षीय गोलमेच सम्मेलन गरी राज्यको पुनर्संरचना संविधान पुनर्लेखन या संशोधन भ्रष्टाचारलाई छानबीन गर्न शक्तिशाली आयोगको निर्माण गर्न र जेन–जी आन्दोलनमा शहादत प्राप्त भएको विद्यार्थी नानीबाबुहरुको घरपरिवारलाई राहतको लागी व्यवस्था मिलाइ अन्तरिम सरकार समेतमा प्रतिनिधित्व गरी गराइ निर्वाचनबाट देश र जनताप्रतिको अपनत्व ग्रहण गरियोस् ।

शान्तिकाल कायम भएको लगभग २० वर्ष पुग्न लाग्दा समेत जनताले चाहेको राष्ट्रले मागेको कुरा के थियो ? यसलाई बिर्सेर एकमात्र आपूm आफ्नो आसेपासे र नाता कुटुम्बको भलो गर्ने कामलाई राजनीतिको नाममा भ्रष्टाचार गरी अपार सम्पत्ति कुम्ल्याउनु र राष्ट्र माथी एमसीसी समझौता गरी नेपाली संविधानभन्दा माथिको कानूनी संरक्षण दिनु देशद्रोहको काम होइन भने के हो ? यस काममा नयाँ पुराना सबै पार्टी र विदेशी दलालहरु समेतको संलग्नतामा राष्ट्रिय अवस्थाको भयावह स्थितिले सम्पुर्ण नेपालीहरु झस्किने बेला आएको छैन ? सरकारको कुनै निकायमा अहिलेसम्म नरहेको दल देशभक्त गणतन्त्रवादी र लोकतन्त्र प्रेमीहरुलगायत सरकारमा रहेका पनि संसदीय दलका इमान्दार मानिसहरु एकजुट हुन समयको माग हो सदैव समय एकै नासको रहँदैन भनि हेक्का राख्नु पर्छ कि ?

प्रतिक्रियाहरु

[anycomment]