काठमाडौँ उपत्यकाको वायु मानव स्वास्थ्यका लागि अस्वस्थकर

२०८२ माघ १३ गते, सोमबार

काठमाडौँ । विश्वभरको वायु प्रदूषणको अवस्था ‘रियल टाइम’मा मापन गर्ने आईक्यू एयरका अनुसार काठमाडौँ उपत्यकाको वायु प्रदूषणको तह मानव स्वास्थ्यका लागि अस्वस्थकर देखाएको हो । काठमाडौं उपत्यका अन्तरगत भक्तपुरको वायुको गुणस्तर सुचकांक १८५ एक्युआइ रहेको छ। आज बिहान काठमाडौंको कीर्तिपुरको १५४ र ललितपुरको पाटनको १५० एक्युआइ मापन भएको छ। यो जनस्वास्थ्यको हिसाबले अस्वस्थकर हो । १५१ देखि २०० एक्यूआईलाई अस्वस्थकर मानिन्छ।
वायुको अवस्था जनाउने सूचक १०० भन्दा माथि पुगेमा स्वास्थ्य कमजोर भएकाहरूका लागि अस्वस्थकर र १५० अंकभन्दा माथि पुगेमा सबैलाई अस्वस्थकर मानिन्छ। विश्वको प्रदूषित शहरको सूचीमा नेपालको काठमाडौं अहिले बिहान १२ औँ स्थानमा छ। विश्वको प्रदूषित शहरको सुचीको १ नम्बरमा बंगलादेशको ढाका र दोस्रोमा भारतको कोलकाता शहर छ।

प्रतिक्रियाहरु

[anycomment]