निर्वाचन ः जनताको चाहना र अपेक्षा पुरा गर्ने एक मौका

२०८२ माघ १३ गते, सोमबार

बिनोद सी

समाजिक व्यवस्थाहरुलाई अनुशासित मर्यादित कानून संगत बनाउन योग्य मानिसहरुलाई छनौट गर्ने विधिको नाम हो निर्वाचन । यसको लामो र विविध परम्परा रहेको इतिहास छ । समाजभित्र खेलहरुमा प्रथम विजयी व्यक्तिलाई यो समाजको अगुवा हुने परम्परा अनुसार जिम्मेवारीमा छनौट गरिन्थ्यो । त्यसबेला दुनियाँमा गणराज्य हुने गर्दथ्यो तर, नेपालको घले गाउँमा भएको प्रतियोगीता राजा बनाउने दौडमा घले राजालाई जाँड र रक्सीले मैमत्त बनाइ षड्यन्त्रकारीले जित हात पारेको इतिहास साक्षी छ । यो भन्दा अगाडी राजा महाराजाहरु थिएनन । शाक्य, अवघ, भोजपुरा, मिथिला, किरात आदि इत्यादि गण राज्यहरु थिए तिनको आफ्नो निश्चित भुगोल निश्चित जनसंख्या समान भाषा सँस्कृति सभ्यता हुने गरेको थियो । त्यसबेला ती गणराज्यहरुको सामाजिक मर्यादा, आचार, ब्यवहार फरक–फरक किसिमको थियो र फरक–फरक पद्धति अनुसार ती गणराज्यहरुको अगुवा छनौट हुन थाल्यो लामो अन्तराल पछि यो निर्वाचन पद्धतिमा जालझेल हुन थाल्यो भने ती अगुवाहरु स्वयम राजा महाराजामा परिणित भए त्यसैलाई तत्कालीन बौद्धिक ब्यक्तित्वहरु द्वारा त्यसै ब्यवस्थालाई बलियो बनाइ राजाहरुलाई विष्णुको अवतार समेत भनि स्थापित गर्न सफल रहे त्यसैबेलादेखि प्रत्यक्ष निर्वाचनको पुरानो खाका पनि फेरियो ।

ती प्रत्यक्ष निर्वाचन प्रणालीलाई अप्रत्यक्ष निर्वाचन प्रणालीमा बदले पछि यसै अनुसार विश्वमा राजतन्त्र सिद्धिदै जाँदा प्रजातान्त्रिक ब्यवस्थाको आगमन भयो जुन अहिले पनि निरन्तरतामा छ । हुनलाई समय सापेक्षता अनुसार कहीँ जनतन्त्र कहीँ लोकतत्र त कहीँ गणतन्त्रहरु भए पनि सारमा कुनै परिवर्तन थिएन ।

उता सामन्ति व्यवस्थाको अन्त र पूँजीवादी व्यवस्थाको आगमनसँगै पूँजीवादीहरु साम्राज्यवादमा अवतरित भए अहिले डिजिटलको युगमा पूँजीवादले उदारवाद नवउदारबाद हुँदै भूमण्डलीय पूँजीवादमा मै मत्त भइ दुनियामा आतंक मचाइ रहेको सजिलै अनुभूति भएको हुनुपर्छ । यसै सेरोफेरेमा विश्व मै हुकुम चलाउन पहिलो अमेरिकी राष्ट्रपति अब्राहिम लिंकनले वर्तमानको निर्वाचन प्रणाली पाँच सय वर्ष पहिले कल्पना गरी ल्याएका थिए । यो गणतन्त्रमा पनि पाँच वर्षको लागी गोप्य मतदानद्वारा कथित जनप्रतिनिधिहरु छनौट हुँदै आएका छन् तर, मानव मुक्ति हुनसकेको छैन् अर्थात जनताको घर आँगनमा कुनै सत्य साँचो उल्लास देखिएन तर, शाषकहरु मोटाउँदै जान्छन जनताले भन्नु परेको छ कि यो जीत कसको जनताको तर, त्यो सफेद भूmठ हो । किन भने जनताको जीत त तब मात्रै हुन्छ जब राज्य सत्ताको मालिक जनता हुन पाउँछ । बरु हरेक पाँच वर्षमा नयाँ अनुहार देखापरे पनि जनताको हातमा खोका बाहेक केही लाग्दैन ।

यो निर्वाचन प्रणाली पश्चिमाहरुको दखल अन्दाजीलाई नै टेवा दिएको हुन्छ यही निर्वाचनबाट विजयी भएकालाई मन लाग्यो भने हटाइ दिने हैसियत साम्राज्यवादीहरुसँग सुरक्षित हुन्छ दर्जनौं उदाहरण दिन सकिन्छ । यसलाई बहुमतको शासन अल्पमतको विपक्ष भने पनि त्यस्तो हुँदैन बरु दस जना प्रतिस्पर्धीमा कुनै एक जना १५% मत ल्यायो भने उ बिजयी घोषित हुन्छ नौ जनाको मिलाएर ८५% मत कसरी अल्पमत हुन्छ ? तर साम्राज्यबादको चुनावी मोर्चालाई जनताको हितमा बदल्न के गर्नु पर्ने हो ? यस ठाउँमा भ्लादमीर लेनिनले स्पष्ट पार्नु भएको छ कि दुमा अर्थात संसद बुर्जुवाहरुको गफ गर्ने आखाडा हो तर, दुश्मनलाई यहाँ पनि मात गर्नु पर्छ भनि निर्वाचनमा भाग लिनु भयो भने युद्ध शुरु गर्दा वहिष्कार गर्नु भयो त्यही भएर वहिष्कारको अर्थ युद्ध घोषणा हो भनि अथ्र्याउनु भएको थियो ।

हामीले नेपाली संसदलाई बहिष्कार गर्नु पर्छ कि भाग लिनु पर्छ भनि खुबै बहस भएको पाइन्छ । यस मामिलामा बुझ्नु पर्ने विषय त के हो भने दुश्मन कुन–कुन ठाउँबाट आक्रमण गरिरहेको छ ? त्यसको प्रत्येक ठाउँमा प्रतिकार गर्नुपर्छ न कि उसलाई निस्फिक्री बनाइ दिने यसको अर्थ चुनावमा भाग लिनेहरु संसदवादी हँुदै भाग लिएका छन् त्यो जनतालाई बेवकूफ बनाउने पूँजीवादी कला नै हो । यसको अर्थ वहिष्कार गर्ने मित्रहरु उसको प्रतिकार गर्ने राजनैतिक सोचलाई सहज बनाइ दिएका हुन्छन एउटा अमेरिकी बुद्धिजिवीको भनाइमा कम्युनिष्टहरु या वहिष्कार यात भाग लिन्छन तसर्थ यस्ता कम्युनिष्ट प्रति ढुक्क रहनु पर्दछ । तर, जब नेकपा (माओवादी)साम्राज्यवाद या दलाल पूँजीवादलाई उसैको थलोमा मोर्चा कस्यो अनि जनतालाई आतंकित बनाउने र राती बिना सूचना छापा मार्ने कामले हामी सही र सत्य रहोको ठहर भएन र ? माओत्सेतुगले भन्नु हुन्थ्यो कि जब दुश्मन तिमीलाई राम्रो भन्छ त तिमी न राम्रो रहेको बुझ्नु पर्छ तर, जब दुश्मन तिमीलाई मार्न खोज्छ तब तिमी राम्रो जनताको प्रिय रहेछौ भन्ने मान्नु पर्दछ ।

निर्वाचन भन्ने कुरा सामन्ति र पूँजीवादीहरुको लागी कमाइ खाने भाँडो हो तर, जनताको लागी लुटाउने बाहेक पाउने केही होइन । नेपाली जनताको सार्वभौमिक्ता माथि दिनहुँ भइरहेको प्रत्यक्ष अप्रत्यक्ष आक्रमणको विरोध नै शान्तिकाल समेतमा प्रतिवन्धित बनाइएको स्मरण गराउन आवश्यक रहेको छ किनभने हामी महान शहीद बेपत्ता योद्धाहरु र मजदूर किसान सुकुम्बासी व्यवसायीहरुको अगीणी बाचा र महान जनयुद्धमा होमिएका थियौं तर, केही अपराधी भ्रष्टाचारीको कारण बदनाम भयौ तर, अब तिनीहरु आफ्नै वर्गमा मिसिए । अब त्यो बाचा पुरा गर्न नेकपा (माओवादी)का जिम्मेवार नेताहरु गुलाफको फुल चुनाव चिन्हसहित चुनावी संघर्षमा हेलिएका छन् ।

निर्वाचन मोर्चाको रुपमा प्रयोग गर्ने सम्बन्धमा

क- निर्वाचन को कुरा गर्दा पहिला हामीले बुझ्ने बिषय के हो भने संसदीय लोकतन्त्रात्मक ब्यवस्थाको निर्वाचन या समाजबादी ब्यवस्थाको एकीकृत जननिर्वाचन यहॅा पहिलोलाई  नै लिनु पर्ने भएको छ किनभने अहिले संसदबाद पश्चिमा मुलुकले भिराइ दिएको राजनीतिमा हामी छौं । पार्टी दर्ता पनि गर्यौं त्य पछि यहि निर्वाचनबाट जीत र हार हुनेछ। 

यहॅा बाट जनताको समस्या हल हुन्छ भनि सोच्नु एक किसिमको अवसरबाद नै हो किनभने कैयौं मानिसको सोचाइ छ कि जनताको मौलिक हक पुरा गर्न यहि बाट पनि सकिन्छ तर यो अरुलाई  मुर्ख बनाउने कुरा हो।हामी कम्युनिष्टले के बुझ्नु पर्ने हो भने संसदीय गणतन्त्र लोकतन्त्र अथवा संसदीय जनतन्त्र रूप जे भए पनि सार यो जनताको हित गर्दैन बरु दलाल पुजिबादको आयु लम्ब्याउने काम गर्छ।   तसर्थ हामी यस बिषयमा स्पष्ट हुनु पर्छ र यसको बिरुद्धको वकालतलाई  निरन्तरता दिनु पर्छ।

ख- कतिले संसदीय अभ्यासको कुरा पनि गर्ने गरेको पाइन्छ तर हामीले संसदीय अभ्यास गर्ने पनि होइन ।  फेरि पनि संसदीय गणतन्त्रको भण्डाफोर गर्दै संसदीय ब्यवस्थाको चिहान खन्न  उपयोग गरि जॅादा राम्रै हुन्छ।  जसरी २०४८ सालमा उपयोग गर्यौं तर बारम्बार यो क्रम देहर्याइ रहने हो भने अत्याधीक प्रतिनिधीहरु बिग्रिन्छन किनभने नेता कार्यकर्त हरु पनि यहि समाजका उपज हुन ।  तसर्थ हाम्रो पार्टीले मोर्चाको रुपमा उपयोग गरे पनि मुख्य नेतृत्व जानु हॅुदैन भन्ने मान्यता राख्नु पर्छ कि?

ग- संसदीय ब्यवस्थाभित्रको निर्वाचन वास्तवमा बिद्रोहको तैयारीको रुपमा लिनु पर्दछ होइन भने जनयुद्धको नेतृत्व २०७२ देखि जसरी  बिग्रियो त्यसरी नै हामी पनि बिग्रिन्छौं । यस बाहेक अरु केहि हॅुदैन। यसमा खतरा यो पनि हुन्छ कि हाम्रा मुख्य नेतृत्वलाई  समानूपातिकमा राखेर भए पनि त्यहॅा बोलाइ दलाल राज्य सत्ताले ध्वन्स पार्ने छ।   

प्रतिक्रियाहरु

[anycomment]