सार्कका गृहमन्त्रीको बैठक बस्दै
काठमाडौ, ३ असोज । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको गृहमन्त्रीस्तरीय बैठक आजवाट सुरु हुदैछ ।बैठकमा एक मुलुकमा अपराध गरेर अर्कोमा लुक्न सक्ने अवस्था देखिएकाले त्यस्ता अपराधीलाई सबै सदस्य मुलुकमा तत्काल कारबाही गर्ने संयन्त्र तयार गर्ने लगाएतका विषयमा छलफल हुने बताईएको छ ।
यसअघि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क क्षेत्रका गृहसचिव स्तरीय बैठक सम्पन्न भएपछि आजबाट गृमन्त्रीस्तरीय बैठक सुरु हुन लागेको हो ।
यसअघि बसेका बैठक र आज बस्ने मन्त्रीस्तरीय बैठकबारे जानकारी दिदै गृहसचिव सुर्य सिलवालले सार्कका मुख्य समस्यका बिषयमा सहमति भईसकेको जानकारी दिए ।उनका अनुसार युद्ध अपराध,भ्रष्टाचार, साईबर क्राईम, लागु औषध ओसारपसार नियन्त्रण, सीमा क्षेत्रमा हुने अपराध तथा उग्रवाद, महिला तथा बालबालीका ओसारपसार नियन्त्रण लगाएतका बिषयमा आज सहमति हुनेछ ।