सुदूरपश्चिमसहित तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

२०८२ माघ १९ गते, आईतवार


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ । आइतबार बिहान सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको हो। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ । बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको हो । त्यस्तै, आइतबार दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने भएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू‍-भागमा साधारणतया बादल लाग्ने भएको हो । कोशी प्रदेश र बाँकी हिमाली भू-भागमा आंशिक बादल लाग्ने भएको छ। बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍-भागका केही स्थानमा हल्का हिमपात-वर्षाको सम्भावना रहेको महाशखाले जनाएको हो ।
त्यस्तै, आइतबार राति भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु लाग्ने भएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू‍-भागमा साधारणतया बादल लाग्ने भएको हो । साथै बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍-भागका केही स्थानमा हल्का हिमपात-वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।

प्रतिक्रियाहरु

[anycomment]