जापानमा अत्यधिक हिमपात :३५ जनाको मृत्यु

२०८२ माघ २३ गते, बिहीबार


काठमाडौँ । उत्तरी जापानमा पछिल्लो दुई हप्तादेखि परेको अत्यधिक हिमपातका कारण ३५ जनाको मृत्यु भएको छ । हिमपातका कारण सडक र रेल सेवा सकेत अवरुद्ध भएका छन् । कतिपय ठाउँमा हिउँको उचाइ २ मिटरसम्म पुगेको समाचार संस्था एपीले जनाएको छ । आर्कटिकबाट आएको चिसो हावाको प्रभावका कारण असामान्य रूपमा बढी हिमपात भएको अधिकारीहरूले बताएका छन् । सबै भन्दा बढी क्षति निआगाता र आओमोरी प्रिफेक्चरमा देखिएको हो। अधिकांश मानिसको ज्यान घरको छतबाट हिउँ हटाउने क्रममा लडेर गएको जनाइएको छ ।
आपत्कालीन सेवाहरू प्रभावित क्षेत्रसम्म पुग्न नसक्दा स्वास्थ्यकर्मीहरू पैदलै स्ट्रेचर बोकेर उद्धारमा खटिनु परेको छ । हजारौं घरमा विद्युत आपूर्ति अवरुद्ध छ । बुलेट रेल सेवासहित अधिकांश रेल सेवा बन्द भएको हो । विद्यालयहरू पनि बन्द गरिएका छन् । सरकारले तापक्रम बढेसँगै हिउँ पग्लिँदा पहिरो र चिप्लो सतहका कारण थप जोखिम बढ्न सक्ने चेतावनी दिएको हो । आगामी हप्तामा अझै ठूलो हिमपात हुने पूर्वानुमान गरिएको समाचार संस्था एपीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]