सुन प्रतितोला २ लाख ९५ हजार २ सय रूपैयाँ

२०८२ माघ २३ गते, बिहीबार


काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला २ लाख ९५ हजार २ सय रूपैयाँ पुगेको जनाएकाे छ । बुधबार सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी बुधबार तोलामा ५ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियाे । चाँदी बिहीबार भने ४ हजार ९ सय ८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे हाे । यो मूल्य बुधबारको तुलनामा प्रतितोला ६ सय २० रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस ४ हजार ८ सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।

प्रतिक्रियाहरु

[anycomment]