कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

२०८२ माघ २५ गते, शनिबार


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।
महाशाखाले कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको जनाएको छ ।
आज राति तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]