सिरहा कारागारमा तोडफोड र आगजनी

२०८२ माघ २८ गते, मंगलवार


काठमाडौँ । सिरहा कारागारमा तोडफोड र आगजनी भएको छ। कारागारभित्र नाइकेको विषयलाई लिएर विवाद चर्किएपछि कैदीबन्दीहरूले तोडफोड र आगजनी गरेका हुन्। प्रहरीका अनुसार कारागारभित्र अराजक गतिविधि भएपछि नाइके इन्द्रजित यादवसहित १३ जनालाई नियन्त्रणमा लिइएको छ। यादवलाई पक्राउ गरिएको विरोधमा उनका समर्थक कैदीबन्दीहरूले कारागारभित्र तोडफोड र आगजनी गर्दै आक्रोश प्रदर्शन गरेका थिए।
यसैबीच कारागारभित्रबाट गोली र ठूलो परिमाणमा नगद रकमसमेत बरामद भएको प्रहरीले जनाएको छ। घटनापछि कारागार क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ भने अवस्था नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको बताइएको छ।

प्रतिक्रियाहरु

[anycomment]