निर्वाचन आयोगद्वारा फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न निर्देशन

२०८२ माघ २९ गते, बुधबार

काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरिसक्न निर्देशन दिएको छ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि राजनीतिक दलले चुनावी घोषणापत्र ल्याउन थालेका छन्। केही दलले ल्याइसकेका छन् भने केही ल्याउने क्रममा छन्।
आयोगले सबै दल र उम्मेदवारलाई फागुन ३ गतेभित्र घोषणापत्र ल्याउन समय तोकेको हो। निर्वाचन आचारसंहिता अनुसार घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए। राजनीतिक दलले निर्वाचन आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा घोषणापत्र बुझाउनुपर्नेछ।

प्रतिक्रियाहरु

[anycomment]