कोशीसहित ३ प्रदेशमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । माैसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । बुधबार बिहान तराई भू-भागका केही स्थानहरूमा र उपत्यकाहरूमा हुस्सु-कुहिरो लागेको हाे । महाशाखाले कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको जनाएकाे छ। त्यस्तै, बुधबार दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु र कुहिराे लाग्ने भएकाे हाे। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी-हिमाली भू-भागमा साधरणतया बादल लाग्ने भएकाे छ। साथै बाँकी पहाडी भू-भागमा भने आंशिक बादल लाग्ने भएकाे हाे । तराईका भू-भागमा भने मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी-हिमाली भू-भागको केही स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे । त्यस्तै, बुधबार राति भने तराई भू-भागका केही स्थानहरूमा तुँवालो रहने भएकाे छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी- हिमाली भू-भागमा साधरणतया बादल लाग्ने भएकाे हाे। साथै बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी- हिमाली भू-भागको केही स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशखाले जनाएकाे हाे।
