परमाणु युद्धको खतरा र मानिसले ब्यहोर्नुपर्ने दुष्परिणाम
आज चल्ने र चलिरहेका युद्धहरूको अर्थ हुन्छ सैन्य औद्योगिक परिसहरूका लागि अत्यन्तै ठूलो मुनाफा । त्यसको अतिरिक्त के पनि भनिन थालेको छ भने वर्तमान युद्धजन्य यस्ता सैनिक गतिविधिका कारण पृथ्वीको पर्यावरणमा पुग्ने कुल नोक्सानीमा विश्वमा ६.४ प्रतिशत थप योगदान युद्ध र हात हतियारको रहेको छ । विश्वमा आज परमाणु हतियारको उपस्थिति र त्यसको विस्तार विकास प्रलयकारी खतरा भन्ने कुरा त दोस्रो विश्वयुद्धको अन्त्य र जापानले सबै युद्धमोर्चाबाट पराजित भएर हात उठाएर फर्केपछि पनि अनावश्यक रूपमा अमेरिकाले जापानको हिरोशिमा र नागासाकीमा परमाणु बम खसालेर हजारौं निर्दोष जापानीहरूको निर्मम हत्या गरेबाट नै यसको भयावहतबारे प्रष्ट भएको हो ।
त्यसै यथार्थ कुरालाई २००३ मा उल्लेख गर्दै दक्षिण अफ्रिकालाई रंगभेद, नश्लभेद र उपनिवेशबाट मुक्त गर्ने महान् नेता नेल्सन मण्डेलाल हिरोशिमा र नागाशाकीमाथि अमेरिकाले खसालेको आणबिक बमका विषयमा बोल्ने क्रममा स्पष्टसँग भनेका थिए कि विश्वमा मानवतामाथि जघन्य अपराध गर्ने र मानिसलाई मानिस नगन्ने कुनै देश छ भने त्यो अमेरिका हो जसले विश्वमा मानवतामाथि अवर्णनीय अत्याचार गरेको छ । अमेरिकी शासकहरूलाई मानिस र मानवताको कुनै अर्थ छैन । तिनले युद्धका सबै मोर्चाबाट पराजित भएर फर्किसकेको जापानमाथि १९४५ अगस्ट ६ र ९ मा आणबिक बम खसालेर हजारौं हजार निर्दोष जापानीहरूको हत्या गरेको थियो ।
बम खसाल्ने कुरा त आज कल्पनैसम्म पनि गरिनु हुन्न किनभने परमाणु हतियारहरू दोस्रो विश्वयुद्ध समाप्ति यता यति धेरै थुप्रिसकेको छन् कि तिनको उपस्थिति नै अत्यन्तै भयावह र अकल्पनीय खतराको कुरा बनेको छ ।
त्यसको असर आजसम्म पनि उनीहरूले व्यहोरिरहनु परेको छ तर त्यो बम जापानका विरुद्ध मात्र खसालिएको थिएन । त्यो त समाजवादी सोभियत संघका विरुद्ध थियो र हामी यत्तिका शक्तिशाली छौं हाम्रोविरुद्ध लाग्यौ भने यस्तै (जापानको जस्तै) हबिगत हुन्छ भनेर उनीहरूले सोभियत संघलाई धम्क्याएका थिए । मानिसलाई मानिस नठान्ने अमेरिका कति दम्भी छ भन्ने कुरा प्रष्ट छ । भर्खरै अमेरिकाबाट भएको भेनेजुएलाको गम्भीरतम घटना ताजै छ र आज पनि विश्वको प्रहरी सरदार अमेरिका आफैंलाई ठान्छ । यो कुरा रंगभेद विरुद्ध उपनिवेशवाद विरुद्ध लड्दा २७ वर्षसम्म अविछिँन जेलमा थुनिएका साहसी र निडर योद्धा नेता मण्डेलाले त्यत्तिकै तीतो पोख्न भनेका थिएनन् । एउटा गम्भीर विश्व वास्तविकता औंल्याएका थिए ।
त्यसैले बम खसाल्ने कुरा त आज कल्पनैसम्म पनि गरिनु हुन्न किनभने परमाणु हतियारहरू दोस्रो विश्वयुद्ध समाप्ति यता यति धेरै थुप्रिसकेको छन् कि तिनको उपस्थिति नै अत्यन्तै भयावह र अकल्पनीय खतराको कुरा बनेको छ । तिनको उपयोग नगरिहाले पनि तिनको राखनधरन, सुरक्षा आदिमा ठूलो खर्च छ । त्यसको प्रभाव विश्वको स्वास्थ्य, शिक्षा र अन्य सामाजिक आधारभूत आवश्यकतामा गरिने लगानीमाथि परिरहेको छ ।
भनिन्छ पहिले जापोरिज्जिया र त्यसपछि कुस्र्कमास्थित परमाणु ऊर्जा संयन्त्रमा ठूलो खतरा छ त्यो चिन्ताको विषय बनेको छ । संयुक्त राष्ट्र परमाणु ऊर्जा अनुगमन गर्ने संस्था अर्थात् अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए)का प्रमुख राफेल ग्राँसीले गएको रुसको कुस्र्क परमाणु संयन्त्रको भ्रमणको क्रममा चेतावनी दिँदै भनेका पनि थिए कि स्थिति बहुतै गम्भीर छ । किनभने यो संयन्त्र युद्ध क्षेत्रबाट केवल ५० किलोमिटर मात्र टाढा छ ।
अनि त्यसपछि यस बारेमा धेरै चेतावनीहरू जारी गरिसकेको कुरा हो । खाशगरी रुसी सेनाद्वारा दक्षिणी युक्रेनको अपराज्जियामा स्थित परमाणु ऊर्जा संयन्त्रमाथि कब्जा गरिसकेपछि उनले चेतावनी दिँदै भनेका थिए कि परमाणु संयन्त्रमाथि कहिल्यै आक्रमण गरिनुहुन्न । वास्तवमा यो एउटा अत्यन्तै गम्भीर चेतावनी हो जुन आइएइएका प्रमुखको मुखबाट निस्केको छ । थ्रि माइल आइल्याण्ड, चेर्नोबिल र फुकुशिमामा घटेका र परमाणु ऊर्जा संयन्त्रमा उत्पन्न भएका भयावह सम्झनाले मात्रै पनि हामीलाई ती क्षेत्र र तिनका वरिपरिका क्षेत्रको मानव जीवन र आधारभूत संरचनामा ठूलो नोक्सान भयो ।
तिनको विषालु विकिरण फैलिएर दीर्घकालीन असर पारिरहेको कुरा कम खतरनाक छैन । विश्व समुदाय यतिबेला केवल चिन्तितमात्रै छैन भयभीत पनि छ । यदि युक्रेन युद्ध अझै बढ्दै र फैलिँदै जाने हो भने परमाणु दुर्घटनाको कुरालाई अवश्यंभावी छ भन्ने कुरा अस्वीकार गर्न सकिने स्थिति छैन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले समेत चेतावनी दिइसकेका छन् कि उनको देशमाथिको सम्प्रभुता या त्यस क्षेत्रमा कुनै खरता बढ्यो भने उनको देशले परमाणु हतियार उपयोग गर्न पछि पर्ने छैन ।
रुसको युक्रेन क्षेत्रका अतिरिक्त पेलेस्टिनको गाजा क्षेत्रमा निर्दोष महिला तथा बालबच्चाहरूमाथि चलिरहेको घोर अमानवीय इजरायली आक्रमण मुटु नै कम्पयमान गराउने खालको छ । गाजाका नागरिकहरूलाई पशुहरूको बथान धपाएजस्तै गरी जताततै लखेटिएको विश्वले देखिरहेको छ । इजरायली फौजले तिनलाई ‘सुरक्षित स्थानमा जाऊ या मृत्युको सामना गर’ भन्ने अत्यन्तै क्रुर र अमानवीय आदेश दिएको देखिएको र सुनिएको हो । तर, इजरायली फौजले भन्ने गरेका तथाकथित सुरक्षित स्थानमा पनि लगातार हमला गरिरहेको पनि कसैले बिर्सोको छैन । २०२३४ को ७ अक्टोबरदेखि यता विश्व स्वास्थ्य संगठनले स्वास्थ्य सुविधाहरूमा मात्र कूल १००० भन्दा पटक हमला भएको तथ्य दर्शाइसकेको हो । तीमध्ये गाजा क्षेत्रमा ५०० भन्दा बढी र पश्चिमी किनारामा ४४७ पटक हमला गरिएको जनाइएको थियो।
बिश्वमा कुनै पनि युद्धका बेला अस्पतालहरूलाई आमरूपमा सुरक्षित स्थान मान्ने गरिन्छ । किनकि जेनेभा कन्भेसन अनुसार युद्धरत पक्षबाट स्वास्थ्य सेवामा हमला गर्न नपाइने प्रवाधान राखिएको र त्यसो गर्नु नहुने र त्यो अपराध ठहरिने अपेक्षा गरिएको छ । त्यो संविदामा भनिएको छ कि ‘घाइतेहरू र बिमारीहरू, अशक्त तथा सुत्केरी महिलाहरूको रेखदेख गर्न संगठित नागरिक अस्पताल कुनै पनि हालत या परिस्थितिमा हमलाको लक्ष हुन सक्तैनन् । यसका अतिरिक्त संघर्षमा सामेल पक्षहरूद्वारा हरेक समयमा तिनको सम्मान र संरक्षण गरिनुपर्दछ । तर इजरायले यी युद्ध सम्वन्धि पालना गर्नुपर्ने सबै प्राबधानहरुको नाङ्गो आक्रमण गरेर अस्पताल, बिद्यालय लगायतका युद्ध निषेध गरिएका सार्बजतिक स्थलहरुमा समेत बम बर्षा र हमला गर्न कुनै आइतबार मानेको देखिएन ।
पछिल्लो युद्ध बिराम भनिएको यतिबेला पनि गाजामा गम्भीर र भीषण संकट छ । किनभने गाजाावासीहरूसम्म मानवीय सहायता पु¥याउन नदिने अनेकौं अड्चनहरू छन् । विश्व स्वास्थ्य संगठन र युनिसेफले पनि त्यहाँ बिमारीहरू वृद्धि भएको बारेमा गम्भीर चिन्ता व्यक्त गर्दै चेतावनी पनि दिएको छ । त्यहाँका निवासीहरूमा पोलियो भाइरस फैलिएको पत्ता लागेपछि चिकित्सक समुदाय नै तरंगित हुन पुगेको छ । अहिले पछिल्लोे भिषण इजरायली हमालमा त्यहाँ भएको ७० हजारभन्दा बढी मानिसको मृत्यु भएको र त्यो वास्तवमा १९४८ भएको ‘नकबा’ भएजस्तै त्यसैको पुनरावृत्ति भएको मानिएको छ ।
यस्ता युद्धहरुको अर्थ नै हुन्छ कि सैन्य औद्योगिक परिसरहरका लागि धेरै ठूला मुनाफा कमाउनु । अहिलेको विश्वको सैन्य गतिबिधिका कारण पर्यावरणलाई ठूलो नोक्सानी भइरहेको छ । परमाणु हतियारहरूको उपस्थिति नै एउटा भयंकर ठूलो खतरा हो ।
त्यतिबेला पाँच सयभन्दा बढी अरब–बहुल शहर, गाउँ र अरू शहरी इलाकाहरू उजाड बनाइएका थिए । तीमध्ये कैयौं त पूरै नष्ट भएका थिए भने कतिपयमा यहुदीहरूले पुनः बस्ती बसाएर ती स्थानहरुलाई आवाद गरेका तर त्यसलाई हिब्रु नाम राखेका थिए । यतिबेला त्यहाँ प्रत्येक दिन बित्दा युद्धको क्षेत्र लेबनानतर्फ बढिरहेको छ । त्यसलाई अर्को एउटा गम्भीर खतरा मानिँदैछ । किनभने इरान र इजरायलका बीचको तनाब अझैसम्म पनि बढिरहेकै छ । इजरायल पहिलादेखि नै एउटा परमाणु शस्त्रास्त्र बनाउने वा राख्ने देश मानिन्छ अनि ईरानसँग पनि परमाणु शक्ति छ ।
यस प्रसंग र सम्बन्धमा इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतान्याहूको मन्त्रिमण्डलका एकजना अति दक्षिणपन्थी सदस्य मानिएका अमिचाई एलियाहूले पनि परमाणु हतियार प्रयोग हुनसक्ने कुरालाई अस्वीकार गरेका थिएनन् । जानकारहरू भनेका थिए कि उनको त्यो बयानबाजीलाई पूर्णरूपले बेवास्ता या अस्वीकार गर्न सकिँदैन । यहाँ के पनि ध्यान दिनुपर्ने कुरा छ भने इजरायलले अन्तर्राष्ट्रिय न्यायालय(आइसिजे) र अन्तर्राष्ट्रिय अपराधिक न्यायालय (आइसिसी)को फैसलालाई भने पूर्ण रूपले अस्वीकार गरिरहेको छ । स्पष्टै छ यस सम्बन्धमा इजरायललाई अमेरिकाको पूर्ण समर्थन छ ।
बस्तवमा युद्धहरूकै अर्थ हुन्छ कि सैन्य औद्योगिक परिसरहरका लागि धेरै ठूला मुनाफा कमाउनु । भनिन्छ अहिलेको विश्वको सैन्य गतिबिधिका कारण पर्यावरणलाई हुने नोक्सानी कूल पर्यावरणीय स्खलनमा झण्डै ६.४ प्रतिशत छ । परमाणु हतियारहरूको उपस्थिति नै एउटा भयंकर ठूलो खतरा हो । ती हतियारहरको प्रयोग नभइहाले पनि तिनका राखनधरन, सुरक्षा, संभारमा लाग्ने लागतले त्यसको ठूलो प्रभाव स्वास्थ्य, शिक्षा तथा अन्य सामाजिक आवश्यकतामाथि गरिने लगानीमा पर्दछ । परमाणु हात हतियार समाप्त गर्नका लागि अन्तर्राष्ट्रिय अभियान (आइसिएएन) ले यी हतियारहरूको उत्पादन गर्न र सुरक्षित राख्नका लागि बर्बाद गरिने सम्पत्तिको उपयोगितको तुलना गर्दै निकै भरपर्दा तथ्यांकहरु प्रस्तुत गर्ने गरेका छन् ।

