नेप्से ०.०४ अंकले घट्यो
काठमाडौँ । नेप्से ०.०४ अंकले घटेर २६६२.१० बिन्दुमा झरेको छ । नेप्सेमा कारोबार भएका धेरै कम्पनीको सेयर मूल्य घटेको छ । त्यसले गर्दा पनि बजार सूचकमा सुधार आउन नसकेको हो । नेप्सेमा यस दिन १ सय ३३ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी १ सय १३ कम्पनीको सेयर मूल्य बढेको छ । यस दिन नेप्सेमा कारोबार भएका १३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन नआएको नेप्सेले जनाएको छ । बुधबार नेप्सेमा कारोबार भएका धेरै समूहगत परिसूचक घटेका छन् । यस दिन वित्त समूह ६.३५, होटल ४७.०७, जीवन बीमा २९.३१, उत्पादनमूलक ४२.५५, लघुवित्त ३.३३, सामूहिक लगानी कोष ०.०७, अन्य ५.७६ र व्यापार ८.७७ अंक घटेका छन् । तर, बुधबार नेप्सेमा बैंकिङ समूह १.४९, विकास बैंक १०.१२, जलविद्युत् १६.७५, लगानी ०.०७ र निर्जीवन बीमा ९.६५ अंक बढेका छन् । बुधबार नेप्सेमा ३ सय २९ कम्पनीको ८२ हजार ४ सय ५० कारोबारबाट २ करोड २२ लाख ८२ हजार ५० कित्ता सेयर ८ अर्ब ६९ करोड रुपैयाँमा खरिद बिक्री भएको छ । यो कारोबार रकम मंगलबारको तुलनामा धेरै हो । मंगलबार नेप्सेमा ३ सय २४ कम्पनीको ८९ हजार ८ सय ३६ कारोबारबाट २ करोड १७ लाख १५ हजार ८ सय ६८ कित्ता सेयर ८ अर्ब ६१ करोड रुपैयाँमा खरिद बिक्री भएको थियो ।
