गण्डकी र कोशी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ। माैसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाले शुक्रबार बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशीक बादल लागेको र बाँकी भू-भागको मौसम भने मुख्यतया सफा रहेको जनाएको छ ।
त्यस्तै, शुक्रबार दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा मध्याह्नसम्म हुस्सु र कुहिरो रहने भएको हो। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लाग्ने भएको छ । साथै बाँकी भू-भागमा भने आंशिक बादल लाग्ने महाशाखाले जनाएको हो । त्यस्तै, शुक्रबार राति भने तराई भू-भागका केही स्थानहरूमा तुँवालो रहने भएको छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी-हिमाली भू-भागमा साधरणतया बादल लाग्ने भएको हो । साथै बाँकी भू-भागमा भने आंशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी-हिमाली भू-भागको केही स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो।
