भारत र पाकिस्तानी सेनाबीच गोली हानाहान

२०७१ आश्विन २० गते, सोमबार


काठमाडौ । भारत र पाकिस्तानको सीमा क्षेत्रमा भएको गोली हानाहानमा चार जनाको मृत्यु भएको छ। घटनामा ३० जना घाइते भएका छन् । घाइते हुनेमा महिला र बालबालिकासमेत रहेको बताइएको छ।
जम्मु–काश्मिरको आरएस पूरा सेक्टरको अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा भारत र पाकिस्तानी सेनाबीच गोली हानाहान भएको हो । भारतीय सीमा सुरक्षा बल –बीएसएफ) का प्रवक्ताका अनुसार पाकिस्तानी रेन्जरले ५ र ६ अक्टोबर राति आएएस पूरामा भारतको दश चौकीमाथि गोली प्रहार गरेको थियो । भारतीय सेनाले त्यसको प्रतिकार गरेको प्रवक्ताको भनाइ छ ।
बीएसएफको दावीअनुसार पाकिस्तानी सेनाले गोली हान्नुका साथै नागरिक क्षेत्रमा मोर्टार आक्रमणसमेत गरेको छ। जसका कारण चार जना नागरिक मारिएका छन् ।घाइतेहरुलाई जम्मु र केही अन्य नजिकका अस्पतालमा उपचारका लागि लगिएको छ। गोली हानाहानपछि त्यस क्षेत्रको स्थिति तनावपूर्ण बनेको बताइएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु