एमाओवादी सम्बद्ध २२ दलीय मोर्चा जनप्रदर्शन गर्दै

२०७१ आश्विन २९ गते, बुधबार


काठमाडौ । एकीकृत नेकपा माओवादी नेतृत्वको २२ दलीय मोर्चाले आज दाङको घोराहीमा जनप्रदर्शन र सभा गर्ने भएको छ । सहमतिबाटै पहिचानसहितको संघीय संविधान जारी गर्न दबाब दिने उद्देश्यले केन्द्रीय कार्यक्रम अन्तर्गत घोराहीमा प्रदर्शन र सभा गर्न थालिएको संघीय गणतान्त्रिक मोर्चाले जनाएको छ । आज दिउँसो १२ बजे ट्राफिक चोकबाट ¥याली शुरु गर्ने र तुलसीपुर चोकमा पुगेर सभामा परिणत हुने गरी कार्यक्रम तय गरिएको एकीकृत माओवादी दाङका इनचार्ज जीवन गौतमले जानकारी दिनुभएको छ ।
सभालाई एकीकृत नेकपा माओवादीका केन्द्रीय सचिव तथा पूर्वअर्थमन्त्री बर्षमान पुन लगायतका मोर्चासम्बद्ध दलका केन्द्रीय नेताहरुले सम्वोधन गर्ने माओवादीले दाङले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]