एमाओवादी नेतृत्वको २२ दलीय मोर्चा आम सभा गर्दै
काठमाडौं, ३१ असोज । एकीकृत माओवादी नेतृत्वको २२ दलीय मोर्चाले आज आमसभा गर्ने भएको छ । मोर्चाका तर्फबाट विहीबार पत्रकार सम्मेलन गरी एमाओवादीका महासचिव कृष्णबहादुर महराले संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पार्ने गतिविधि भइरहेको दाबी गर्दै पहिचानसहितको संविधान निर्माणका लागि दबाब दिन सभा गर्न लागेको बताए ।२२ दलीय मोर्चामा एकीकृत माओवादी, मधेसी जनअधिकार फोरमलगायतका दल तथा समूहहरु सहभागी छन्