सार्वजनिक सवारी साधनको भाडा बढाइदै

२०७१ आश्विन ३१ गते, शुक्रबार

काठमाडौ । सरकारले आउँदो कार्तिक १५ बाट सार्वजनिक सवारी साधनको भाडा बढाउने भएको छ ।सार्वजनिक यातायातमा करिब ६ प्रतिशत भाडा बढाउने यातायात व्यवसायी र सरकारी निकायबीच भएको सम्झौता अनुसार बढाउन लागेको हो ।यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहालका अनुसार लामो दूरीका यात्रुवाहक बसमा ५ दसमलव ६३ प्रतिशत, मालवाहक सवारी पहाडी रुटमा ५ दसमलव २७ प्रतिशत र तराईको गन्तव्यमा ५ दसमलव २१ प्रतिशत बढ्दै छ ।
यस्तै सहरी क्षेत्रमा चल्ने सार्वजनिक सवारीमा प्रति ४ किलोमिटरमा १ रुपैयाँको औसतमा बढ्छ । ट्याक्सी भाडा चाहिँ १ किलोमिटरमा ६ रुपैयाँ ५८ पैसा बढ्ने छ । ‘करिब डेढ वर्षदेखि भाडा वृद्धि नभएकाले यातायात व्यवसायीको दबाव थियो,’ महानिर्देशक दाहालले भने, ‘तैपनि हामीले चाडपर्वमा यात्रुमाथि थप व्ययभार नपरोस भनेर छठपछि बढाउन मनाएका हौं ।’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु