पाकिस्तानले अतिवादीहरुको प्रयोग गरिरहेको छः अमेरिका

२०७१ कार्तिक १९ गते, बुधबार


काठमाडौँ । अमेरिकी रक्षा मन्त्रालयले पाकिस्तानले भारत र अफगानिस्तानविरुद्ध अझैपनि अतिवादी संगठनहरुको प्रयोग गरिरहेको प्रतिवेदन सार्वजनिक गरेको छ । पाकिस्तानको यस कदमका कारण यो पूरै क्षेत्रमा स्थिरता कायम गर्न खतरा बनेको अमेरिकी प्रतिवेदनमा उल्लेख भएको बीबीसीले जनाएको छ ।
पेन्टागनले हरेक ६ महिनामा जारी गर्ने प्रतिवेदनका अनुसार अफगानिस्तानमा आफ्नो घट्दो प्रभाव तथा भारतको बढ्दो सैन्य शक्तिविरुद्ध पाकिस्तानले ती संगठनहरुलाई प्रयोग गरिरहेको हो ।
पाकिस्तानी सीमामा लुकेका तालिबानी अतिवादीहरुले अझै पनि अफगानिस्तानमा आक्रमण गरिरहेको र यसले दुई देशबीचको सम्बन्धमा समस्या बनेको प्रतिवेदनमा उल्लेख छ ।
तर पाकिस्तानले भने यस्ता आरोपमा कुनै सत्यता नभएको भन्दै आफै यस्ता आतंकवादी संगठनबाट पीडित बनेको बताउँदै आएको छ । छ महिनाअघि पनि पेन्टागनले यस्तै आशयको प्रतिवेदन जारी गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु