कात्तिक नाच समापन हुँदै
काठमाडौं,२० कात्तिक । ललितपुरमा संचालन भइरहेको कात्तिक नाच आज समापन हुँदैछ । आज बेलुकी ७ बजे मंगलबजारमा वस्त्रहरण नाच देखाएर नाच समापन हुने कात्तिक नाच संरक्षण समितिका किरण चित्रकारले बताए ।पहिले पहिले त्रयोदशीका दिन नरसिहं अवतार देखाइएर समापन गरिने नाच यसपाली पूर्णिमासम्म लम्बिएको हो । गत वर्ष १० दिन देखाएको नाच यसपाली दुर्इ दिन थप गरेर १२ दिन संचालन भएको हो। नेपालको इतिहासमा सबैभन्दा लामो समयदेखि निरन्तर रुपमा संचालन भएको नाच नेपाल सम्वत ७६१ मा राजा सिद्धिनरसिंह मल्लले शुरु गरेका हुन् ।
मंगलबजारमा संचालन भइरहेको कार्तिक नाचसँग सम्विन्धित फोटो प्रदर्शनी पनि आजै सकिदैछ । एलायन्स फर इको टुरिज्मको पहलमा कात्तिक नाच शुरु भएसँगै कात्तिक नाचसँग सम्वन्धित फोटो प्रदर्शनी भएको हो ।