रगतमा राजनीति !
काठमाडौं । चाडपर्वका कारण काठमाडौंमा रगत संकलन हुन नसक्दा रगतको अभाव भएको केन्द्रिय रक्तसञ्चार केन्दले जनाएको छ । तर ब्लड डोनर्स एसोसिएसनले भने संकलन र आपूर्ति नहुँदा तथा केन्द्रको लापरबाहीका कारण रगत अभाव भएको जनाएको छ ।
एसोसिएसनले केन्द्रले रगत संकलनमा चासो नदिएकाले अझै एक दुई हप्ता अभाव देखिने जनाएको छ । एसोसिएसनका केशव महर्जनका अनुसार संकलन भएको रगत पनि पारदर्शी ढंगले केन्द्रले वितरण नगर्दा थप समस्या आएको हो । अहिले केन्द्रिय रक्तसञ्चार केन्द्रले नीजि अस्पतालसंग सम्झौता गरेर रगत पठाउने गरेको उनले बताए । केन्द्रले निजी अस्पताललाई रगत पठाएपछि मात्र अरुलाई वितरण गर्दा सर्वसाधरणले अभाव झेल्नु परेको हो ।
सरकारले आकश्मिक रक्तदान गराउन सके मात्र रगतको अभाव हट्ने रक्तदाता स्वंयसेवकहरु बताउँछन् । सरकारले रक्तदान कार्यक्रम आयोजना गर्ने संघ संस्था र रक्तदातालाई प्रोत्साहन हुने खालका कुनै पनि गतिविधि नगर्दा अहिले रक्तदाताको संख्या घट्दै गएको एसोसिएसनले जनाएको छ ।