सर्कस् छिटै पटाक्षेप हुनेछ – भरत दाहाल
एमाअाेवादी माेर्चा र संसदवादीहरूलार्इ जुधाएर भारतले सुपुर्दगी र सुरक्षा संझाैता गराउने खेल अघि बढाएका संकेतहरू देखिन थालेका छन्। १० बर्षसम्म संसदवादी र माअाेवादी लडाइ सकेपछि मेलमिलाप गराएकाे ऋणचुक्ताका रूपमा नागरीकता एेन पारित गरिएकाे थियाे भने खिलराज सरकार बन्नुभन्दा अगाडि यीनीहरूलार्इ लडाएर जन्मकाे अाधारमा नागरीकता लिएका भारतीयका सन्तानहरूलार्इ बंशजकाे नागरीकता दिने निर्णय गराइएकाे थियाे। २ महिना अगाडि अगाडि भारतीय गाडीहरूमा कर नलगाउने निर्णय पनि झगडैका बीचबाट गरार्इएकाे थियाे। अपर करैणालीमा पनि यस्तै भएकाे छ।
भारतले दुइ पक्ष खडा गरेर लडाउने र सहमति गराउने पहल गरेजस्ताे गरेर अाफ्ना मागहरू निर्णय गराउन लगाउने गर्दै अाएकाे छ। अहिले संविधान निर्माणमा सहमति वा प्रकृयाकाे कुन बाटाे जाने भन्ने विवाद हिन्दुत्व र धर्म निरपेक्षताका बीचमा सुरू भएकाे ध्रुविकरणलार्इ ध्यानमा राखेर खतरनाक संझाैता गराउन सके पहिलेकाे जस्ताे विराेध नहुने त्यसकाे अाँकलन हुनसक्छ। दलहरूकाे कथित द्वन्दमा दुबैतिरमा मानिसहरू उचालिरहेकाे छ। भाजपा रणनीति धार्मिक तथा मनाेबैज्ञानिक अाक्रमणका रूपमा अघि बढेकाे छ।
साउनमा भएकाे माेदीकाे भ्रमणमा भएका २ वटा घटनाहरूमाथि ध्यान दिन अावश्यक छ। पहिलाे घटना माेदीकाे पशुपति पुजामा राजाले प्रयाेग गर्ने चाँदीकाे पिर्का प्रयाेगकाे हाे। कुनै नेपालीले प्रयाेग गर्न नपाएकाे इतिहास बनिसकेकाे साे पिर्का माेदीलार्इ दिनुकाे अर्थ थियाे उनलार्इ नेपालका राजाहरूकाे स्थानमा हिन्दु सम्राट बनाउनु। अर्काे घटना थियाे, सुरक्षाकाे हाैवा चलाएर तथा साे दिन यातायात, स्कूलहरू बन्द गरेर सडकमा मानिसहरूकाे भिड जम्मा पारि माेदीलार्इ चाेक चाेकमा हिंडाउनु र उनकाे लाेकप्रियता देखाउनु।
अहिसले माेदीले जनकपुरमा नेतागीरी देखाउने कुरा अाएकाे छ। उनले सभा गर्ने रे। एउटा देशकाे अतिथिले अर्काे देशमा भाषण गर्ने भनेकाे के हाे ?
धार्मिक, राजनीतिक द्वन्दमा फसाउन उकासेर फाइदा लिने जुन रणनीति भारतले अपनाएकाे छ, यसकाे प्रतिवाद हुनुपर्छ । दलिय असहमति सत्ता वा धर्मका बहानामा विदेशीहरूलार्इ प्राेत्साहन दिने कुनैपनि दलाल प्रवृतिकाे निन्दा हुनु पर्दछ। अहिले ठूला कुरा गरेर घुर्की देखाइरहेका दलालहरू रातारात मिलेकाे देखेपछि तिनीहरूका पछि लाग्नेहरूले अाफ्नाे अाैकात नाप्ने माैका पनि पाउने छन्। कथित दलहरूका बीचमा विवाद न हिंजाे थियाे, न अाज छ, न त भाेलि नै देखिनेछ। याे सबै अर्काकाे रणनीतिका लागि वातावरण बनाउने अायाेजना गरिएकाे सर्कस् हाे।