विदेशमा अलपत्र कामदारलाई तत्काल फिर्ता ल्याउ: अख्तियार

२०७१ कार्तिक २६ गते, बुधबार

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा अलपत्र नागरिकलाई तत्काल फिर्ता ल्याउन श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको छ ।
आयोगले मन्त्रालयलाई पत्र लेखी वैदेशिक रोजगार प्रवद्र्धक बोर्डमा जम्मा भएको रकम परिचालन गरी उद्धार प्रक्रियालाई अगाडि बढाउन निर्देशन दिएको हो । रोजगारीको सिलसिलामा मलेसिया, कतार, साउदी अरबलगायत मुलुकमा धेरै नागरिक अलपत्र परेको भन्दै आयोगले उद्धारको प्रभावकारी संयन्त्र बनाउन र सहज रूपमा स्वदेश फर्कने वातावरण बनाउनसमेत मन्त्रालयलाई निर्देशन दिएको छ ।
केही समय पहिले पनि आयोगले सो विषयमा ध्यानाकर्षण गराएको र केही काम भए पनि पूर्ण रूपमा समस्या समाधान हुन नसकेको भन्दै पुनः मन्त्रालयलाई ध्यानाकर्षण गराइएको आयोगले निकालेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भूकम्प स्मृति दिवस मनाइँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

देशभर गर्मी बढ्यो

२०८२ बैशाख १० गते, बुधबार