नेवि संघको महाधिवेशन पुन स्थगित

२०७१ कार्तिक २७ गते, बिहीबार


काठमाडौं। सार्क शिखर सम्मेलनलाई मध्यनजर राख्दै नेविसंघको ११ औं महाधिवेशन महाधिवेशन फेरि स्थगित भएको छ । मिति तोक्दै निरन्तर महाधिवेशन निरन्तर स्थगित भएको यो सातौं पटक हो । महाधिवेशन यही कार्तिक ३० देखि तीनदिनसम्म किर्तिपुरमा हुने तय भएको थियो ।
नेपाली कांग्रेसको पदाधिकारीहरुको आज विहान वालुवाटारमा बसेको बैठकले शिखर सम्मेलनका लागी पार्टी नेतृत्व व्यस्त हुनुपरेकाले स्थगित गरिएको जानकारी प्राप्त भएको छ ।
नेवि संघका प्रबक्ता युपी लामिछानेले अर्को मिति नतोकिएसम्म पार्टी बैठकले स्थगित गरिदिएको जानकारी दिए । उनले भने–महाधिवेशनको तयारी नपुगेको भन्दा पनि सार्क शिखर सम्मेलनमा पार्टी नेतृत्व व्यस्त हुनुपर्ने भएकाले स्थगित गराएको हुनसक्छ ।’ पाँचवटा जिल्लामा रहेको प्रतिनिधि छनोटको विवाद सुल्झाएर आज साँझ पार्टीलाई बुझाउने तयारी भइरहेको पनि प्रबक्ता लामिछानेले जानकारी दिए ।
पटक–पटक स्थगित भएको नेपाली कांग्रेसको भातृ संगठन नेविसंघको चुनावी सरगर्मी बढेको थियो । पछिल्लो पटक भाद्र २९, ३० र ३१ गते हुने भनिएको महाधिवेशन एक्कासी स्थगित भएपछि नेताहरु फेरि चुनावी दौडमा देखिएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]