२२ दलीय मोर्चाको बैठक बस्दै

२०७१ मंसिर ३ गते, बुधबार

काठमाडौ,३ मंसिर । एकीकृत नेकपा माओवादी नेतृत्वको २२ दलीय मोर्चाको बैठक आज बस्दैछ ।कांगे्रस एमालेको ७ प्रदेशसहितको साझा प्रस्तावको विषयमा सत्तारुढ र विपक्षी दलबीच तिब्र मतभेद भइरहेका बेला मोर्चाले आन्तरिक छलफल गर्न लागेको हो ।
सत्तारुढ दलको प्रस्तावलाई संविधानसभामा प्रवेश गराउन नदिने रणनीति बनाउन मोर्चाको बैठक बस्न लागेको जनाइएको छ । मोर्चामा आवद्ध मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताए ।बैठक माओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्नेछ ।

प्रतिक्रियाहरु

[anycomment]