आज बालदुर्व्यवहारविरुद्धको विश्व दिवस

२०७१ मंसिर ३ गते, बुधबार

काठमाडौ, ३ मंसिर । आज बालदुर्व्यवहारविरुद्धको विश्व दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरेर मनाइँदैछ ।हरेक बर्षको १९ नोभेम्बरलाई बालदुर्व्यवहारविरुद्धको दिवसका रुपमा मनाउने गरिन्छ । नेपाल प्रहरीमा सन् २०१२÷१३ मा परेका ७०१ उजूरी मध्ये ४९.६४ प्रतिशत घटना १८ वर्ष मुनिका बालबालिकालाई भएको थियो ।त्यसैगरी सेभ दि चिल्ड्रेनले सन् २००३ मा काठमाण्डौ उपत्यकामा गरेको अध्ययन अनुसार ४५ प्रतिशत बालबालिकाहरु बालयौन दुर्व्यवहारमा परेको पाइएको छ ।
नेपालमा बालबालिकामाथि भइरहेका यौनजन्य हिंसा र दुर्व्यवहारबारे प्रष्ट कानुन र नियम अभाव रहेको छ । मुलुकी ऐन १४ नं महलमा जबरजस्ती करणी र यौन हिंसाको बारेमा प्रावधानहरु राखेपनि यसले बालबालिकामाथि हुने यौनदुर्व्यवहार गर्ने व्यक्तिलाई दिइने दण्ड सजाय, दुर्व्यवहारमा परेका बालबालिकाहरुले पाउने क्षतिपुर्ति, बालमैत्री व्यवहार शिक्षा तथा स्वास्थ्यको बारेमा कुनै कुराहरु पनि राखिएको छैन् । मुलुकी ऐनको दफा ११ ले यस्तो घटना भएको ३५ दिनभित्र नालिस दिनु पर्दछ भनेकाले पीडित बालबालिकाहरुलाई न्यायको पहँुचमा अवरोध उत्पन्न भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भूकम्प स्मृति दिवस मनाइँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

देशभर गर्मी बढ्यो

२०८२ बैशाख १० गते, बुधबार