आज अन्तर्राष्ट्रिय बालअधिकार दिवस
काठमाडौ, ४ मंसिर । आज अन्तर्राष्ट्रिय बालअधिकार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरेर मनाइँदैछ ।दिवसका अवसरमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रमहरुको आयोजना गरिएका छन् । सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघले बालअधिकार महासन्धि अनुमोदन गरेको दिनको स्मरणमा हरेक वर्षको २० नोभेम्बरमा यो दिवस मनाउने गरिन्छ ।
संयुक्त राष्ट्रसंघको बालअधिकार महासन्धि कार्यान्वयनमा आएको २५ वर्ष पुरा भएको छ । पारित गरेको यो महासन्धि नेपालले १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको हो ।
महासन्धि कार्यान्वनमा आएको २५ वर्षमा भएको उपलब्धि, सिकाइ, चुनौति र आगामी दिनमा के गर्ने भन्ने बारेमा सरकारी तथा गैरसकारी निकायहरुले केही दिनदेखि विभिन्न कार्यक्रम गरिरहेका छन् ।